?आगोले के पोल्छ र त्यो भन्दा भतभती छाती पोलीरहेको छ इपिएस इक्जामले गर्दा नपढेको होइन क्लासको टपमा गनिने मान्छे,कोहीभन्दा कमजोर थिएन। तर इक्जाम बिग्रीदाँ घरिघरि अहिले राति बिउझिन्छु,अनिँदो छन् रातहरू । निन्द्रा पर्दैन छटपटि पिडा हुन्छ,किन मैले Answer गलत लाएँछु, त्यो 2 टा मात्र मिलेको भए भनेर घरीघरी कोल्टेफेर्ने गर्छु, आफुलाई ठुलो गल्ती गरेको महसुस हुन्छ । घरमा त्यही कोइसन भको भए सजिलै मिलाउने, इक्जाम हलमा छुट्टै प्रेसर पर्दो रहेछ, आफुले प्रेसर लिँदिन भन्दा भन्दै पनि भित्री मनमा डर पैदा हुँदो रहेछ । इक्जाम बिग्रिएपछि दिनमा कुनैपनि कामहरू गर्न,कतै जान जोसजाँगर आउँदैन । आफन्त साथीहरूले फोन गर्दा, भेट्दा इपिएसको कुरा नगरीदए जस्तो हुन्छ ।
#घरिघरि सम्झिन्छु बाबा आमालाई विश्वास दिलाएको अब यो पाली त जसरी पनि पास हुन्छु पैसा पठाइदिनु सकिनसकी विश्वास गरेर पठाउनु भएको त्यो पैसा । जब आफुले यता पास नहुने जस्तो भए पछि अब बाबा आमा के जवाफ दिने सोच्दछु मनमनै । यो पटक पनि पास नहुँदा झन आफु प्रति बुवा आमाले गर्ने विश्वास घट्ने महसुस गर्छु । जब उमेर बढ्दै गयो त्यती नै घरको जिम्मेवारी आफ्नो काँधमा छ । अनेकौ बाधा, अड्चन,समस्या हरु आउँदा आफ्नो मनलाई आफै सम्झाउने गर्छु, अझै केही गर्छु भन्ने सोचिरहन्छु मनलाई दर्हो बनाउने कोसिस गरिरहन्छु, यही इपिएस मात्र होइन हाम्रो जिन्दगी अरू अनेकौ बाटाहरू अवसरहरू पनि छन् भन्ने आफैलाई सम्झाउने कोसिस गरिरहन्छु !!
जिवनमा अनेकौ असफलता, निरासा,समस्या बाधा अड्चन नभई जिएको जिवन के जिवन । जब यस्ता बाधाहरू, ठक्कर बाट मुक्त भएर एकदिन म पनि जिवनमा सफलता हुन्छु बस त्यो बेलामा जिन्दगी जिएको महसुस हुन्छ भन्ने सोच्दछु !!
?
आमा बुवाको दुखको भारी बोक्दै,२४ वर्ष सम्म रुमलिएको जिवनलाइ सुनौलो भविष्य को सपना देख्दै,भर्खर उमृन लागेको पालुवा जस्तै दुइ बहिनिको जिवनको उज्यालो बिहानी झुल्काउने उद्देश्यले अतालिएर कोरिएन भाषा पढ्न काठमाडौ पुगेको म एन बि हमाल पुर्ण रुपमा ६ महिने भाषा कोर्षमा असफल साबित वा प्रमाणित भएको छु।थाहा छैन ?अब!कसरी आमाको दुखमा सुखको छाँया दिने, थाहा छैन !अब कसरी मेरो लगाएत बहिनिको उज्ज्वल भविष्य निर्माण गर्ने?थाहा छैन कसरी बुवाको दुस्मनलाइ परास्त पार्ने?यस्ता प्रश्नले सताइ रहन्छ मलाइ! शक्तिशाली जोश,सकारात्मक बिचार,सान्त स्वभाव हुँदा हुँदै पनि केबल स्थिर मन ,लक्ष्य केन्द्रित संकल्प नहुदाँ ।
कोरिया गएर सुन्दर जीवन ,खुशी जिवन र आफ्नो आर्थिक संकटको पर्खाल भत्काउने सपना तुइहेर गएको छ।सोच्ने गर्छु।कहिले जम्मा २४ वर्षमा तेहि पनि पहिलो चोटिमै सफलता खोज्ने म कस्तो मूर्ख रैछु भनेर चित्त बुझाउने प्रयास पनि गर्छु तर अगुल्टोले तर्सेको कुकुर आकाश गड्किदा पनि तर्सिन्छ भने जस्तै वर्तमानमा कलम चलाउन डर् मान्ने यी हात ले कतै भविस्य मा घन त चलाउनु पर्ने होइन ? भन्ने सोचाइले फेरि तनावको सगरमाथा चडाइदिन्छ।आतिन्छ यो मन।अनि झस्किन्छ म पहाड चढन खोज्छु उनि मेरो लक्ष्य तुहाउन खोज्छन म अामाको अाशु पुछ्न खोज्छु रुमाल अाफै भिजि दिन्छ खै गरिबको जिन्दगीमा कहिले पलाउने हो पालुवमहरु थाहा छैन राज्यले हेपेको बिकासले पछाडि परेको दुर्गम जिल्ला हिमाली जिल्ला हुम्लाका चिसो चिसो काठमाडौको गर्म र अहम अनि धनिहरुको शहरमा मेरा सपनाका पोका खोल्दै जादा ति सपना सपना मै सिमित रहे मेरो जिबनमा बदलाभ अाएन अामा !!!!
एन बि हमाल-हुम्ला