विश्वकप फुटबलको २१औं संस्करण सुरु, जारी उद्घाटन खेलमा रसिया १ गाेलले अगाडि 

विश्वकप फुटबलको २१औं संस्करण सुरु, जारी उद्घाटन खेलमा रसिया १ गाेलले अगाडि 

  • बिहिबार, जेष्ठ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, जेठ ३१ । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण अाजदेखि रुसमा सुरु भएको छ ।  उद्घाटन खेलमा अहिले अायाेजक रसिया र साउदी अरेबीयाबीच प्रतिस्पर्धा भइरहेकेा छ ।

जारी खेलमा रसियाले १२ अाैं मिनेटमा १ गाेल गरेकेा छ । रसियाका ८ नम्बर खेलाडिले गाेल गरे ।

यसअघि रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन समारोहलाई रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोलगायतले सम्बोधन गरेका थिए । आधा घन्टासम्म चलेको उद्घाटन समाहारोमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिकोलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा ३२ ओटै टिमका खेलाडी उपस्थित भएका थिए ।

जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिएका थिए ।उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित भएको आयोजकको दाबी छ । रंगशालाको दर्शक क्षमता ८१ हजार रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।

उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुति दिँदा ५०० भन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाएका थिए ।

विश्वकप फुटबल सुरु हुँदैगर्दा रुसमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छवी बनाएका रुसी समर्थकलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती रहेको छ ।

त्यसबाहेक पछिल्लो समय युरोपका भीडभाडयुक्त ठाउँलाई निशाना बनाउँदै आएका आतंकवादी सम्भावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ ।

जुन २०१५ को प्रारम्भिक ‘ड्र’बाट सुरु भएको रुसी विश्वकपको यात्रा १५ जुलाईमा सकिनेछ । विश्वकपका विभिन्न ६४ खेल रुसका ११ सहरका १२ रंगशालामा हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ