भैंसीमा लाग्ने खरी रोग र यसको उपचार विधि

भैंसीमा लाग्ने खरी रोग र यसको उपचार विधि

  • बिहिबार, जेष्ठ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 41.4K
    SHARES

(१)परिचय: 
यो रोग खरी, धुलखुले, चौखुरी नामले चिनिन्छ । यो रोग दुधालु बधुवा भैंसीहरुमा जाडो तथा गर्मी समयमा र बेंसी क्षेत्रमा भन्दा पहाडी डांडाकांडामा बढी देखिन्छ । यो रोग लागेपछि पशु दुब्लाउदै जान्छ र उत्पादनमा ह्रास आउछ । यो रोग सबै भन्दा पहिले दार्चुला जिल्लामा जनवरी १९८८ र बैतडी जिल्लामा अप्रिल १९८९मा देखापरेको हो । यो रोग दार्चुला, बैतडी, डडेल्धुरा जिल्लाका बिभिन्न स्थानहरुमा बिध्यमान रहेको छ । यस रोगको नेपाल कृषि अनुसन्धान परिषद पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ साल देखि अनुसन्धान जारी राखेको छ ।

(२) कारण : 
हाल सम्मको अध्ययन अनुसार रोगका कारणहरु निम्न अनुसार रहेका छन् ः
(क) सारकोप्टिक (कचअयउतष्अ ) माइटहरु छाला भित्रसम्म पुग्ने भएकोले अरु भन्दा बढी कष्टदायक हुन्छन ।
ख)सरोप्टिक (उकयचयउतष्अ ) माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला (अचगकत) बनाउछ ।
(ग) अन्य कारणहरु बारे अध्ययन जारी छ ।

(३) लक्षणहरुः
 छालामा पाप्राहरु देखिने र त्यसपछि घाउ हुने , छाला खस्रो र सुख्खा हुन्छ ।
 घांस कम खाने, दुब्लाउदै जाने र दूध कम दिन्छ ।
 रोगबाट लामो समयसम्म ग्रस्त भएपछि हड्डीहरु बाङ्गिन्छ ।
 खुर खुर्केको खण्डमा सेतो खरी जस्तो धुलो झर्ने र कुनै कुनैमा सेता पाप्रा र्झछन् ।
 खुर पातलो हुदै गएपछि खुट्टा लङ्गडाउने, थला पर्ने र कुनै कुनै मर्न पनि सक्छन् ।

(४) बिशेषताहरु :
रोगले ज्यादै ग्रस्त भएका भैंसीहरु पनि घांस खाने र दूध दिने गर्दछन् । हिउद लागे पछि देखा पर्ने यो रोग बर्षायाम शुरु भएपछि पशुहरु जब हरियो घांस प्रसस्त मात्रामा खान पाउछन् तब रोगको प्रकोप पनि कम हुदै जान्छ ।

बासुदेव नाथ

(५) उपचार :
 आईभरमेक्टीन सुई(Ivermection Injection) १ एम.एल. प्रति ५० के.जी.शारीरिक तौलका आधारमा छालामुनी सुई दिने ।
 Neocidol Solution छालामा लगाउने ।
Mineral mixture Powder खुवाउने ।

(६) रोग नियन्त्रणका उपायहरु :
 कुपोषण हुन नदिन प्रत्येक दुधालु भैंसीहरुलाई दैनिक २ देखि ३ के.जी. सन्तुलित दाना वा घरमै पाईने मकैको पिठो, गहुको चोकर,दालको चुनी, पिना, हड्डीको धुलो ईत्यादि उपयोग गरी तयार पारीएको प्रोटिन,खनिज पदार्थ,भिटामिन युक्त शक्तिवद्र्धक दाना÷दालो खुवाउने यसको साथै हरेक हिउदमा एक डेढ महिनासम्म दैनिक १ पस्यो (३०­४० ग्राम) का दरले पेन्टा सल्फेट नामक खनिज मिश्रणलाई सख्खर (गुर), दाना ÷ दालो वा खोलानीमा मिसाएर खुवाउने ।
 परजीवि व्यवस्थापन प्रत्येक बर्ष चैत बैशाख र असोज कार्तिकमा नाम्ले र जुका बिरुद्ध अक्सिक्लोजानाइड वा लिभामिसोल नामक औषधि नियमित रुपमा खुवाउने यसको साथै दुधालु भैंसीमा आइभरमेक्टीनको प्रयोग निरुत्साहित गर्ने ।
 उचित गोठ व्यवस्थापन गर्न आधुनिक गोठ निर्माण गर्ने , दोहोरो हावादार, सुख्खा, सफा र ओभानो गोठ हुनु पर्दछ । गोठमा सोत्तर प्रयोग गर्ने र गोठ सधै सफा सुग्घर राख्ने ।
 सकेसम्म दैनिक २ देखि ४ घण्टा चराउने व्यवस्था मिलाउनु पर्दछ ।
 भैंसीलाई उच्च पहाडी भेगमा पाईने बांझको सट्टा सिजन अनुसारका घांस तथा डालेघांसहरु खुवाउने जस्तैः टांकी, बडहर, भिमल, कुटमिरो,काब्रो जस्ता डालेघासहरु र जै, भेच, स्टाईलो, मोलासेस, नेपियर,अमृसो जस्ता भुई घासहरु प्रसस्त बाह्रै महिना खुवाउने प्रबन्ध मिलाउनु पर्दछ ।
 भण्डारण गरेको खर वा गाज्यो सकेसम्म कम खुवाउनु पर्दछ ।

-बासुदेव नाथ- पशु विकास अधिकृत, केन्द्रीय गाई भैंसी प्रवद्र्धन कार्यालय हरिहरभवन ललितपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी