एजेन्सी, ३१ जेठ । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आज रातिबाट रुसमा सुरु हुँदैछ । नेपाली समयअनुसार आज वेलुकी सवा ८ बजे रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोह आयोजना हुनेछ ।
विश्वव्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् ।
‘रसियामा प्रस्तुति गर्नका लागि म निकै उत्साहित छु । फिफा विश्वकपको उद्घाटनमा ८० हजार प्रत्यक्ष र करोडौं अप्रत्यक्ष दर्शकसामु प्रस्तुति सानैदेखिको सपना थियो ।’ रोब्बीले भने, ‘आउँदो क्षणलाई अविस्मरणीय बनाउनका लागि फुटबल र संगीतका पारखीहरुलाई निमन्त्रणा दिन चाहन्छु ।’
विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ । यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा व्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ ।
उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ ।
उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुती दिँदा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउनेछन् । रुसमा विश्वकप सुरु हुनै लाग्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ ।
३२ राष्ट्र सहभागी महाभुकम्पको भब्य उद्घाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् ।
विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ । दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा ट्रफी भित्राउनेछन् । ‘प्रतियोगिताको उद्घाटन खेल प्रतिकात्मक हुन्छ ।
फुटबल प्रेमी, खेलाडी, पदाधिकारीलगायत सबैले यो क्षणलाई निकै महत्वपूर्ण अनुभव गर्दछन्’, ब्राजिलियन लिजेन्ड रोनाल्डोले भने, ‘किनभने यो क्षण चार वर्षको व्यग्र प्रतिक्षापछि आएको छ र आउँदो एक महिनाबीचमा के हुन्छ कसैलाई थाहा हुँदैन ।’
रोनाल्डो भन्छन्, ‘आयोजक राष्ट्रका लागि त यो क्षण भावनात्मक रुपमा जोडिएको हुन्छ । पूरै विश्व फुटबल प्रतिको मोह दर्साउनका लागि आयोजकको आँगनमा एकत्रित हुन्छ र आयोजकले त्यसका लागि ठूलो परिश्रम गरेको हुन्छ । यो मैले अघिल्लो संस्करणमा भोगेको हुँ ।’
उद्घाटन समारोहका प्रस्तुतिहरु रसियाको च्यानल वनले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रमदेखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् ।
कस्तो होला रुस र साउदी अरबको प्रदर्शन ?
विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो ।
रुस १९६६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यसपछि रुसको प्रदर्शन लगातार खस्किँदै गयो । सन् २००६, २०१० मा रुस विश्वकपमा छनौट नै हुन सकेन । सन् २०१४ मा ग्रुप स्टेजबाट बाहिरिएको थियो । रुसले सन् २००२ मा विश्वकपमा एउटा पनि खेल जितेको थिएन ।
साउदी अरबले सन् २०१० र २०१४ मा विश्वकपमा स्थान बनाएको थियो । साउदी अरबको राम्रो प्रदर्शन १९९४ मा थियो । त्यतिबेला साउदी अरब प्रिक्वाटर फाइनलसम्म पुगेको थियो । तर सन् १९९८ देखि साउदी अरबले विश्वकपमा एउटा पनि म्याच जित्न सकेको छैन ।