विश्वकप सुरु हुनु एक दिनअघि किन हटार्इए स्पेनका प्रशिक्षक ?

विश्वकप सुरु हुनु एक दिनअघि किन हटार्इए स्पेनका प्रशिक्षक ?

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी, ३० जेठ । फुटबलको महाकुम्भ विश्वकप फुटबल सुरु हुन एक दिनमात्रै बाँकी छदाँ स्पेनको राष्ट्रिय टिमका प्रशिक्षक जुलियन लोपेतेगीलाइ बर्खास्त गरिएकाे छ ।

लोपेतेगीलाई स्पेनको फुटबल एसोसिएसनका प्रमुखले राष्ट्रिय टिमको प्रशिक्षकबाट हटाएका हुन्। विश्वकप लगत्तै रियल जानेगरी उनले मड्रिडसँग सम्झौता गरेका थिए।

रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएपछि उनको स्थानमा लोपेतेगीलाई नियुक्त गरिएको थियो। जिदानको विकल्पमा रियलको व्यवस्थापनले स्पेनका प्रशिक्षक ५१ वर्षीय लोपेतेगीलाई रोजे लगत्तै राष्ट्रिय टिमबाट उनी बर्खास्त भएका हुन्।

उनले यसअघि स्पेनको विभिन्न उमेर समूहका फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ