यौन प्रकरणकाे अभिव्यक्तिबारे स्पेनी प्रधानमन्त्री साञ्चेजले क्षमा माग्नुपर्छः गोलरक्षक

यौन प्रकरणकाे अभिव्यक्तिबारे स्पेनी प्रधानमन्त्री साञ्चेजले क्षमा माग्नुपर्छः गोलरक्षक

  • मङ्लबार, जेष्ठ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

स्पेन । स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गर्नुभएको छ ।

यसै महिना अनुदारवादी नेता मारिआनो रखोएले प्रधानमन्त्रीका लागि स्पेनी संसदमा विश्वासको मत गुमाएपछि स्पेनी नेतृत्वमा आउन सफल समाजवादी नेता साञ्चेजले दुई वर्ष पहिले म्यानचेष्टर यूनाइटेडका खेलाडीमाथि भएको यौन आक्रमणमा मुछेर डे गेहको आलोचना गर्नुभएको थियो ।
त्यतिवेला साञ्चेजले डे गेह स्पेनी राष्ट्रिय टोलीको गोलरक्षक हुँदा आफूलाई सहज महशुस नभएको बताउनुभएको थियो ।
तर गत हप्ता स्पेनी टोलीको विश्वकप खेलका लागि रसिया प्रस्थानका समय विदाईका लागि साञ्चेज आउँदा अन्य सदस्यले प्रधानमन्त्रीको आगमनको प्रशंसा गरेपनि डे गेहले वेवास्ता गर्दै खल्तीमा हात राखेर उभिएको दृष्य सञ्चारमाध्यमा भाइरल बनेको थियो ।
“म उहाँको क्षमायाचनालाई नम्रतापूर्वक स्वीकार गर्नेछु,” स्पेनी सञ्चारमाध्यमले गोलरक्षक डे गेहलाई उद्धृत गर्दै जनाएका छन् ।
“कुरा के हो भने उहाँले मेरो आलोचना सार्वजनिक रूपमा गर्नुभएको थियो र म चाहन्छु क्षमायाचना पनि त्यसरी नै गर्नुपर्छ ।”
एक जना महिलाले महिलाहरू फुटबल खेलाडीसँग यौनकार्य गर्न मजबुर पारिएको स्थानमा डे गेहले एक भोजको आयोजना गरेको आरोप साञ्चेजले लगाउनुभएको बताइएको छ । तर डे गेले उक्त आरोपको खण्डन गरिरहनुभएको छ भने यसबारे छानबिन हुँदा उहाँ निर्दोष ठहरिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ