विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्यान्ड, इरान र क्रोएसिया विजयी

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्यान्ड, इरान र क्रोएसिया विजयी

  • शनिबार, जेष्ठ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, २६ जेठ ।
विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् ।

लिभरकसेलको बे एरिनामा गएराति भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हराएको छ । खेलको आठौं मिनेटमै युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा साउदी अरबका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । खेलको सकिनु भन्दा ६ मिनेटअघि ताइसिर अल जासीमले साउदी अरबका लागि सान्त्वना गोल फर्काए ।

गएराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डले एसियाली मुलुक जापानलाई २–० ले हराएको छ । स्वीट्जरल्यान्डका लागि रिकार्डो रोड्रिगुइजले पेनाल्टी मार्फत एक गोल गरे भने ह्यारिस सेफरोभिकले अर्को गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएसियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन्् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ