ज्येष्ठ २६ ,काठमाडौँ /
एतिहासिक ३८० वर्ष पुरानो कार्तिक नाच रंगमंचमा देखाइने भएको छ । मल्ल राजा सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको साँस्कृतिक यो नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ । यहि असारको ३ गते राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको ‘स्वजन रघुवंशी एकल साँझ’ कार्यक्रममा पहिलो पटक कार्तिक नाचको साथै पंचकपाल चर्या नृत्य मंचमा प्रस्तुत गरीने भएको छ । कलाकार स्वजन रघुवंशीले पहिलो पटक यी प्रस्तुतिहरुलाई मंचमा प्रस्तुत गर्न लागेका हुन्् ।
नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालमै पहिलो पटक नृत्य विधामा एकल साँझ हुन लागेको दावी समेत गरेको छ । लोपोन्मुख नृत्यहरुको संरक्षण र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको पहिचान गराउने उद्देश्य सहित कार्यक्रम आयोजना हुन लागेको जानकारी आयोजक संस्थाको भनाई हो । कलाकार स्वजन रघुवंशीको एकल प्रस्तुती रहने कार्यक्रममा कार्तिक नाच, चर्या नृत्यको साथै झ्याउरे, भरतनाट््यम, कत्थक, साल्सा नृत्य समेत कलाकार स्वजन रघुवंशीबाट प्रस्तुत हुनेछ ।
कत्थक नृत्यमा जुनियर डिप्लोमा साथै सिनियर डिप्लोमामा स्वर्ण पदक हासिल गरेका कलाकार स्वजन रघुवंशी श्रृजना कलेज अफ फाइन आर्टमा पनि ब्याचलर अफ फाइन आर्टमा उत्कृष्ट भएका छन्् । २७ वर्षीय कलाकार रघुवंशीले देशमा साथै विदेशमा समेत विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति दिनुका साथै नृत्य सम्वन्धि विभिन्न कार्यशालामा श्रोत व्यक्तिको रुपमा समेत आवद्ध भएका छन्् ।
पत्रकारको जिज्ञासाको उत्तर दिँदै नृत्य निर्देशक संघ, नेपालका केन्द्रीइ अध्यक्ष भुवनदास श्रेष्ठ र उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकार देशको गहना नभै राज्यको पाँचौ अंगको रुपमा परिभाषित गर्नुपर्ने माग दोह¥याउनुभयो ।
कार्यक्रम आउँदो असोज ३ गते जमलस्थित सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको हो । नृत्य निर्देशक संघ, नेपाल ललितपुर शाखाको आयोजना र सांस्कृतिक संस्थानको सह आयोजनामा हुन लागेको हो ।

