नुवाकोट गोल्डकप:  उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस भिड्ने

नुवाकोट गोल्डकप:  उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस भिड्ने

  • शुक्रबार, जेष्ठ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नुवाकोट, २५ जेठ  ।  ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् ।

बट्टार क्याम्पस खेल मैदानमा आज आयोजित पत्रकार सम्मेनलमा फाइनलमा पुगेका दुवै टोलीले आफूलाई उपाधिको दावदारका रुपमा सोचेर खेल रणनीति तयार पारिरहेको बताए । उपाधि जित्नका लागि टोलीले नीतिभित्र रहेर पर्याप्त खेल कौशल प्रयोग गर्दैै खेल्ने नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताउनुभयो । “फाइनल गेम जित्ने सम्भावना ५०÷५० प्रतिशत हो”, थापाले भन्नुभयो, “थ्रीस्टार पनि कमजोर टिम होइन, हामी पनि कम छैनौंँ ।”

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जसले बढी मेहनत गर्न सक्छ उपाधि उसैले जित्ने बताउनुभयो । “फाइनलमा दुवै टिमको ५०÷५० प्रतिशत नै सम्भावना हो । मैदानमा जसले बढी अवसर सिर्जना गर्न सक्छ, उसैले उपाधि उचाल्छ”, केसीले भन्नुभयो ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बुद्धि प्रधानले पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले व्यवस्थापनमा धेरै कमजोरी रहे पनि आगामी दिनमा सुधारिने बताउनुभयो ।

शनिबार हुने फाइनलमा उपाधि जित्नेले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ