
(१) लिमे: यसको उत्पत्ति पश्चिमान्चल क्षेत्रको कास्की,स्यांङ्गजा, पर्वत, वाग्लुङ्ग तनहुं र लम्जुङ्गमा भएको हो । यो स्थानीय भैसी मध्ये सवै भन्दा सानो जातको भैंसी हो । यसको सिङ्ग धांटीतिर घुमेको हंसिया आकारको हुन्छ । यसको घाटीमा सेता रौ भई माला जस्तो देखिनु तथा घुडा देखि तलको खुट्टाको भाग सेतो हुन्छ । छालाको रंंग सेतो मिसिएको खैरो, आखिभौं पनि सेता हुन्छन । बयस्क भैसीको शारिरीक तौल औषत ३११ के.जी. हुन्छ । सामान्यतया ४ बर्षको उमेरमा बाली जाने र ५ बर्षको उमेरमा व्याउछ । दुई बेतको अन्तर २१ महिना रहेको छ । दूध दिने अवधि ३०० दिनमा दैनिक औषत ३ लिटर पाइन्छ । दूधमा चिल्लो पदार्थको मात्रा ६.५ देखि ७.५ प्रतिशतसम्म पाईन्छ । यो भैंसीको संख्या घट्दो क्रममा रहेकोले संरक्षणको लागि ध्यान पु¥याउन आवश्यक छ ।
(२) पार्कोटे: यो जातको भैंसी मध्य पहाड देखि उच्च पहाडमा पाइन्छ । यसको रंग कालो हुन्छ । तर कहिंकही खैरो र हल्का खैरो रंगमा पाइन्छ । अनुहार लाम्चो, टाउको चेप्टो, सिंङ्ग तरवार आकारको र शरीरको पछाडी भागतिर फर्केको
हुन्छ । सामान्यतया ४ बर्षको उमेरमा बाली जाने र ५बर्षको उमेरमा व्याउछ । यसको दुई बेतको अन्तर २० महिना रहेको छ । औषत शारिरीक तौल ३४२ के.जी. र दुध दिने अवधि ३०५ दिनमा दैनिक औषत २.७७ लिटर पाइन्छ । दूधमा चिल्लो पदार्थको मात्रा ६.५ देखि ९.६ प्रतिशत र ठोस पदार्थ ११ देखि १३.४ प्रतिशतसम्म पाईन्छ । यसको संख्या घट्दो अवस्थामा रहेकोले संरक्षणमा ध्यान दिन आवश्यक छ ।
(३) गड्र्डी: यसको उत्पत्ति सुदूर पश्चिमान्चलको पहाडी भेगमा हो । यसको शरीर गाडी जस्तै ठूलो भएकोले गड्र्डी राखिएको, रंग कालो र निधारमा सेतो थोप्ला तारो भएको कहिकतै खैरा र फिक्का रंगको हुन्छ । लामो अनुहार, फराकिलो निधार र
टाउको, सिङ्ग लामो अर्ध धुमाउरो,खुट्टा छोटो, मोटो र बलियो, पीठ धेरै चौडा र पुच्छर लामो हुन्छ । पूर्ण विकसित फांचो, दूधका नसा स्पष्ट देखिने हुन्छ । बधुवा भन्दा चरिचरनमा रमाउछ । सामान्यतया ३ बर्षको उमेरमा बाली जाने र दुई बेतको अन्तर औसत २३ महिना रहेको छ । औषत शारिरीक तौल ४५२ के.जी., गर्भधारण अवधि ३३० दिन र दुध दिने अवधि ४२० दिनमा दैनिक औषत ३.५ लिटर पाइन्छ । यसले स्थानीय अन्य सबै भैंसी भन्दा बढी दूध दिन्छ । यसको संख्या घट्दो अवस्थामा रहेकोले संरक्षणमा ध्यान दिन आवश्यक छ ।
(३.१) आयातित जातका भैंसी:
३.१.१. मुर्रा: यस जातको भैंसीको उत्पत्ति भारतको पंजाब र हरियाणामा भएको हो । यो निक्खर कालो शरिर, लामो घांटी, छोटा नजिकैवाट घुमेको कसिएको सिङ्ग, कल्चौडो तथा थुनहरु पूर्ण विकसित, लामो पुच्छर र पुच्छरको विचमा सेतो फुर्को हुन्छ ।
यसको शारिरीक तौल ४५० देखि ५०० के.जी र प्रतिवेत औषत दुध उत्पादन १५०० देखि २५०० लिटर हुन्छ । राम्रो व्यवस्थापनमा ३१० दिनको अवधिमा २२०० लिटर दूध उत्पादन भएको पाईन्छ । दूधमा औसत चिल्लो पदार्थ ७ प्रतिशत र एस.एन.एफ.१० देखि १२प्रतिशतसम्म, प्रोटिन ४.५ प्रतिशत र ल्याक्टोज ४.८ प्रतिशत पाईन्छ । यो जातको भैंसी दूध उत्पादनको लागि विश्व प्रसिद्ध छ । यो नवौं वेतसम्म पनि राम्रो उत्पादन दिन सक्छ ।
(४) गाईभैंसी तथ्याङ्कको तुलनात्मक स्थिति:
प्रस्तुत तालिका नं. २ मा बार्षिक भैंसी संख्यामा बृद्धि दर २%, दूधालु भैंसीमा ७.६%,दूध उत्पादनमा ३.६%, उत्पादकत्वमा २.९% बृद्धि भएको र दूधको योगदानमा ३% ले घटेको पाईएको छ भने विगत १५ बर्षमा भैंसीको संख्यामा ३९.७%, दुधालु भैंसीको संख्यामा ४१.४%, दूध उत्पादनमा ५०%,उत्पादकत्वमा ६% ले बृद्धि भएकोछ भने दुधको योगदानमा ३५% ले घटेको देखिन्छ ।
(९) उन्नत भैंसी श्रोत केन्द्र:
देशमा बढ्दो जनसंख्या एवं शहरीकरणले गर्दा दुध तथा दुग्धजन्य पदार्थको माग बढदै गै रहेको छ । जसले गर्दा हाल दुधालु गाई÷भैसीपालन गर्न चाहने व्यवसायीहरुको संख्यामा समेत वृद्धि हुदै गै रहेको छ । यस अवस्थामा उन्नत नश्लका दुधालु गाई÷भैसीहरुको भरपर्दो श्रोतको अभावलाई दृष्टिगत गरि दुध तथा दुग्धजन्य पदार्थको मागलाई सहज आपूर्ति गर्न साझेदारीको अवधारणा अनुरुप कृषक समूह÷समिति÷सहकारी, रजिष्टर्ड निजी उद्यमी, कम्पनी, स्थानीय निकाय, गैर सरकारी संघ संस्थाहरुसंगको सहकार्यमा उन्नत भैसी श्रोतकेन्द्र विकास कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न भौगोलिक क्षेत्र तथा हावापानी सुहाउँदो उन्नत नश्लको गाई÷भैंसीपालन बाट उत्पादनशील र प्रजननयोग्य पशुहरुको उपलब्धता बढाउँदै लैजाने, उन्नत पशुहरुको संख्यामा वृद्धि गरि दुधको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहयोग पु¥याउने, भौगोलिक क्षेत्र तथा हावापानी सुहाउँदो उन्नत नश्लको भैंसीपालनबाट उत्पादनशील र प्रजननयोग्य पशुहरुको उपलब्धता बढाउँदै लैजाने, उन्नत पशुहरुको संख्यामा वृद्धि गरि दुधको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहयोग पु¥याउने र स्वच्छ दुध उत्पादनका लागि आवश्यक पर्ने विभिन्न असल व्यवस्थापन विधिहरु अवलम्वन गराउन प्रेरित गर्दै दुध उत्पादन पेशालाई व्यवसायिक पेशामा रुपान्तरण गर्न सकिने वातावरण निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम २०७० साल देखि सञ्चालनमा आएको छ ।
(१०) गुणस्तरीय मासु उत्पादनको लागि पाडा पालन:
देशमा जनसंख्या वृद्धि संगै दिनानुदिन बढदै गइरहेको स्वच्छ मासुको मागलाई सहज आपूर्ति गर्न साझेदारीको अवधारणा अनुरुप निजी उद्यमी/कम्पनी/समूह/समिति/सहकारी/स्थानीय निकाय/गैर सरकारी संघ/संस्थाहरुसंगको सहकार्यमा निम्न उद्देश्यहरु पुरा गर्नको लागि पाडाहरुको संकलन तथा पालन गरी मासुको माग आपुर्तिमा वृद्धि गर्नेे, विगत देखि स्थापित वा संचालनमा रहेका पाडा हुर्काउने केन्द्रहरुलाई सहयोग गर्ने, पाडाहरुको मासु उत्पादनका लागि आवस्यक पर्ने विभिन्न आयामहरुलाई अवलम्वन गराउन प्रेरित गर्दै पाडा हुर्काउने कार्यलाई व्यवसायिक पेशामा रुपान्तरण गर्ने र जन्मेका पाडाहरुलाई उचित संरक्षण एवं पालन गर्न भैंसीपालक कृषकहरुमा जनचेतना फैलाउने कार्य यसमा समाबेश गरिएको छ । गुणस्तरीय मासु उत्पादनको लागि पाडा पालन कार्यक्रम २०७० साल देखि सञ्चालनमा आएको छ ।
(११) उत्पादनशील बर्केनो भैंसी संरक्षण:

देशमा बढ्दो जनसंख्या एवं शहरीकरण संगै उपभोक्ताहरुमा क्रय शक्ति बृद्धि तथा पौष्टिक आहारा प्रति जनचेतना अभिवृद्धिको कारणले दुध तथा दुग्धजन्य पदार्थको माग दिनानुदिन बढदै गै रहेको छ । अर्को तर्पm उत्पादन क्षमता राम्रो भएका भंैसीहरु दुध थाके पछि अर्को बेतसम्म पनि नपर्खि अनियन्त्रित रुपले मासुको लागि बिक्रि गर्दा देशमा दुधालु भैंसीको संख्या घट्दो क्रममा रहेकोछ । यसले गर्दा व्यवसायीक रुपमा भैसीहरुको फार्म स्थापना गरी दुध उत्पादन गर्न चाहने कृषकहरुले दुधालु भैसी खरिद गर्न भैसीको श्रोतको अभाव देखिएकोले उन्नत जातको उत्पादनशिल थारा भैसीहरुको पनि संरक्षण गरी दुधालु भैसीहरुको सहज आपुर्ति गर्न निजी उद्यमी÷कम्पनी÷समूह÷समिति÷सहकारी÷स्थानीय निकाय÷गैर सरकारी संघ÷संस्थाहरुसंगको सहकार्यमा निम्न उद्देश्य लिई उन्नत नश्लका दुधालु भैसीहरुलाई दुध थाके पछि मासुको लागि बिक्रि गरिने प्रचलनलाई निरुत्साहीत गर्दै उत्पादनशिल बकेर्ना भैसीहरुको संरक्षण गर्ने , उत्पादनशील बकेर्ना भैसीहरुको संरक्षण गरी दुधालू भैसीको उपलब्धता बढाई दुधको उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने ,उत्पादनशिल बकेर्ना भैसीहरुको संरक्षणमा सचेतना तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने उत्पादनशील बकेर्नो भैसी संरक्षण कार्यक्रम कार्यक्रम २०७० साल देखि शुरु गरिदै आएको छ ।
(१२) कोरेली पाडी हुर्काउने कार्यक्रम:

भैसी पालन परम्परागत रुपमा गरिदै आएको छ । यसलाई कालो सुन को रुपमा समेत चिनिन्छ । केही वर्ष यता भैंसीको महत्वलाई बेवास्ता गरिदै आएकोले दिन प्रति दिन भैंसीको मूल्य बृद्धि हुनुको साथै राम्रा नश्लका भैंसीहरु लोप हुदै गइ रहेका छन् । गाउघरमा केही वर्ष अधि सम्म एक दिनमा ७ देखि ८ लिटर दूध उत्पादन नभएको होईन । यसकारण उच्च उत्पादन क्षमता भएका माउबाट जन्मेका कोरेली पाडीहरु प्राविधिकहरुले छनौट गरी उत्पादनशील बकेर्नो भैंसी संरक्षणलाई टेवा पुग्ने गरी भूमीहिन, विपन्न, गरिव, दलित, महिला तथा एकल महिलाहरु जस्ले लैना भैंसी पाल्न सक्ने हैसियत राख्दैनन । तिनलाई सामान्य साधन श्रोत उपलब्ध गराउन सकेमा कोरेली पाडी हुर्काएर आय आर्जन गरी जिविको पार्जन गर्न सक्ने बनाउन नेपाल सरकारले कोरेली पाडी हुर्काउने कार्यक्रम मार्फत उच्च उत्पादन क्षमता भएका स्थानीय तथा उन्नत जातका भैंसीहरुको संरक्षण र सम्बद्र्धन गर्ने र भूमीहिन, विपन्न, गरिव, दलित, महिला तथा एकल महिलाहरु लाई पशु पालनको माध्यमबाट सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्यले कोरेली पाडी हुर्काउने कार्यक्रम २०७३ साल देखि सञ्चालनमा आएको छ ।
(१३) प्रजनन् योग्य राँगो हुर्काउने श्रोत केन्द्र स्थापना कार्यक्रम :
नेपालमा कुल भैंसी संख्या मध्ये ३० प्रतिशत मात्र उन्नत रहेको अवस्थामा भैंसीहरुको नश्ल सुधार गरी उत्पादन र उत्पादकत्वमा उल्लेख्य बृद्ध गर्न उन्नत नश्लका , बंशावली अभिलेख भएका राँगाहरुको अपरिहार्यता रहेको छ । प्रस्तावित पशु प्रजनन् नीति अनुसार सरकारी तथा निजी क्षेत्रमा श्रोत केन्द्रहरुको विकास गरी उत्पादित गुणस्तरीय प्राकृतिक गर्भाधानद्वारा नश्ल सुधार गर्न भाले पशुको वितरण गर्ने उल्लेख भएको र सोही अनुसार भैंसी श्रोत केन्द्रहरु र भैंसीको बंश सुधार कार्यक्रम समेत सञ्चालनमा छन् । तर सरकारी, गैर सरकारी र निजी क्षेत्रलाई मापदण्ड पुगेका प्रजनन् योग्य उन्नत नश्लका राँगाहरुको सहज रुपमा उपलब्धता हुन सकेको छैन । उन्नत राँगो सानै उमेरमा दूध खान नदिई मार्ने समेत गरेको पाईएको छ । यसैले एकै स्थानबाट वंशावली अभिलेख सहितका उन्नत राँगाहरु संकलन गरी प्रजनन् योग्य बनाई उपलब्ध गराउन प्रजनन योग्य राँगो हुर्काउने श्रोत केन्द्र स्थापना कार्यक्रम २०७३ साल देखि सञ्चालनमा छ ।
(१४) अन्तर्र्र्राष्ट्रिय भैंसी सम्मेलन, २०१७:
२०७४ कार्तिक २९ देखि मंसिर २ गते ( November 15-18, 2017 )सम्म “ Enhancing Buffalo Production for Food and Economy” नाराका साथ नेपालमा पहिलो पटक कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइलौण्ड, फिलिपिन्स, इटली, बेलायत, अमेरिका र क्यानडाका भैंसी अनुसन्धानकर्ताहरुको सहभागितामा अन्तर्र्र्राष्ट्रिय भैंसी सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनमा Buffalo Nutrition and Production, Buffalo Health, Buffalo Reproduction and Breeding, Genomics and Biotechnology for Buffalo Production, Policies and Socio-economics of Buffalo Production, Buffalo as a Source of Food and Nutrition गरी ६वटा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत गरिएका थिए । गाईको तुलनामा भैंसी ढिलो बढ्ने, ढिलो तयार हुने तथा व्याउने, खर्च बढी हुने, दूध कम दिने र दूध दिने अवधि पनि छोटो हुने हुुदा भैंसीपालनप्रति कृषकको आकर्षण कम भएकोले यी कुराहरुमा अन्तर्राष्ट्रिय सम्मेलन केन्दीत भएको थियो ।
१) पौडेल, डा. लोक नाथ – नेपालमा भैंसी पालनको महत्व र वर्तमान चुनौतिहरु, केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालय , हरिहरभवन
२)प्रधान,दलराम–गाईभैसी पालन तेश्रो पशु विकास आयोजना, हरिहरभवन, ललितपुर,२०६०
३)भण्डारी, डा. भेषराज– दूध तथा दुग्ध पदार्थ उत्पादन प्रविधि, शैलशिखर कृषक उत्थान संस्था, हेटौडा– ८ मकवानपुर, २०६३
४)ढकाल,टंक प्रसाद /घिमिरे, डा. शिव चन्द्र– पशु सेवा पुस्तिका, श्रीमती कमला ढकाल, २०४८ भरतपुर, चितवन
५)पौडेल, रुद्र प्रसाद—व्यवसायिक गाईभैंसी पालन प्रविधि, सामुदायिक पशु विकास आयोजना, हरिहरभवन, ललितपुर, आ.व.०७०/७१
६) गौतम, भरत राज( व्यवसायिक गाईभैंसी पालन, पांचपोखरी प्रकाशन गृह द्वारा प्रकाशन
७) उन्नत गाई/भैंसी श्रोतकेन्द्र विकास कार्यक्रम संचालन निर्देशिका, २०७०
८)गाईभैंसीको वंश सुधार, संरक्षण एवं मासु उत्पादनकोलागि पाडा हुर्काउने कार्यक्रम सञ्चालन निर्देशिका २०७०
९) प्रजनन योग्य राँगो साँढे हुर्काउने श्रोत केन्द्र स्थापना कार्यक्रम सञ्चालन कार्यविधि,२०७३
१०) पशुपन्छी डायरी, २०७४ पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन, ललितपुर
१२ Proceedings of International Buffalo Symposium 2017,Faculty of Animal Science, Veterinary Science and Fisheries Agriculture and Forestry Univercity Chitwan, Nepal
१३ Livestock Statistics Of Nepal 2015/2016 ( 2072/073 ) Department of Livestock Services Statistics Section, Hariharbhawan, Lalitpur
लेखक: केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालय हरिहरभवन ललितपुरका पशु विकास अधिकृत हुन् ।










