भारत र पाकिस्तानबीच युद्धको सम्भावना छैनः पाकिस्तानी सेना

भारत र पाकिस्तानबीच युद्धको सम्भावना छैनः पाकिस्तानी सेना

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, जेठ २२ ।
पाकिस्तानी सेनाको सञ्चार विभागका प्रमुख मेजर जनरल आसिफ गफुरले भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नरहेको बताएका छन् ।

गफुरले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएकाले युद्धको कुनै सम्भावना नभएको बताए ।

रावलपिण्डीकामा पत्रकार सम्मेलन गर्दै मेजर जनरल गफूरले नियन्त्रण रेखामा भारतले सन् २०१७ र २०१८ बीच सबैभन्दा बढी युद्धविराम उल्लंघन गरेको आरोप लगाए ।

सन् २०१७ मा सीमामा युद्धविराम उल्लंघन हुंदा ५२ जनाको मृत्यु र २ सय ५४ जना घाईते भएको उनको दाबी थियो ।

जनरल गफूरले भारतले सन् २००३ मा भएको युद्धविराम सम्झौताको सम्मान गर्नु पर्नेमा जोड दिए ।

अमेरिकासँग पाकिस्तानको सम्बन्ध बिग्रिएको बताउँदै उनले पाकिस्तानको आतंकवाद विरुद्धको संघर्ष जारी रहेको उल्लेख गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ