कालिमाटी तरकारी बजारको अनुगमनमा पुगेका मन्त्री अधिकारीले दिए कडा निर्देशन

कालिमाटी तरकारी बजारको अनुगमनमा पुगेका मन्त्री अधिकारीले दिए कडा निर्देशन

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ २१ जेठ ।
कषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले काठमाडौंको कालिमाटी स्थित तरकारी बजार व्यवस्थित गर्न निर्देशन दिनु भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारको सोमबार अनुगमन गर्दै मन्त्री खनालले तरकारी बजार अव्यवस्थित भएकाले व्यवस्थित गर्न एक साताको समय दिनु भएको हो ।

मन्त्री खनालले तरकारी र फलफूल बजारमा फोहरमैला र दुर्गन्ध बढेको भन्दै त्यसलाई तत्काल सरसफाई गर्न समेत निर्देशन दिनुभयो ।

दुर्गन्धको संक्रमणले तरकारी बजारमा तरकारी खरिद गर्न आउने मानिस समेत बिरामी पर्ने अवस्था रहेको भन्दै यसलाई ब्यवस्थित गर्न कार्यविधि बनाइने जानकारी दिनुभयो ।

कालिमाटी बजारभित्र रहेका माछा पसलले दुर्गन्ध फैलाएको भन्दै त्यसलाई बालाजुमा सार्ने तयारी भइरहेको पनि मन्त्री खनालले बताउनु भयो ।

तरकारी स्टलहरु भाडामा लिएर अन्य व्यक्तिलाई महँगोमा बिक्री गर्ने परिपाटीको सिन्डिकेट पनि चाँडै तोडिने उहाको भनाइ थियो । मन्त्री नेतृत्वको टोलीले तीन दर्जन पसलको अनुगमन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी