महिला फुटबल टिमको प्रशिक्षकमा खड्का,  महर्जनले पुरुष टिमको जिम्मेवारी सम्हाल्ने

महिला फुटबल टिमको प्रशिक्षकमा खड्का,  महर्जनले पुरुष टिमको जिम्मेवारी सम्हाल्ने

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं,२१ जेठ ।

अखिल नेपाल फुटबल सँघ एन्फाले नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा हरि खड्कालाइ नियुक्त गरेकेा छ ।आउँदो डिसेम्बर महिनामा हुने दक्षिण एसियाली महिला फुटवल ‘साफ वुमेन्स च्याम्पियन्सीप’ का लागि खड्कालाई महिला राष्ट्रिय टिमको जिम्मा दिइएको अखिल नेपाल फुटबल संँघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

त्यस्तै, पुरुष राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई दिइएको छ । आउँदो अगष्टमा हुने एसियाली च्याम्पियन्ससीप र सेप्टेम्बरमा हुने साफ च्याम्पियन्ससीप सम्मका लागि महर्जनलाई प्रशिक्षक नियुक्त गरिएको पनि महासचिव तुलाधरले जानकारी दिनुभयो । पुरुष टिमको मुख्य प्रशिक्षकमा जापानी ग्योटुकु कोजी रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ