नेपाली क्रिकेटर सन्दिपले क्यानेडियन लिग पनि खेल्ने, को को छन् सन्दीप रहेको टिममा ?

नेपाली क्रिकेटर सन्दिपले क्यानेडियन लिग पनि खेल्ने, को को छन् सन्दीप रहेको टिममा ?

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

इण्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेटर सन्दिप लामिछाने क्यानेडियन लिग पनि खेल्ने भएका छन् ।  लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो ।

प्रतियोगिता जुन २८ तारिख असार १४ गते शुरु भई जुलाई १५ तारिख अर्थात असार ३१ गतेसम्म चल्नेछ ।

क्लबले उनलाई बोलकबोलको छैटौं चरणमा अनुबन्ध गरेपनि उनले कति पारिश्रमिक पाउने भन्ने कुरा आधिकारिक रुपमा बताइएको छैन । यो प्रतियोगिताका लागि बोलकबोलमा खेलाडी कुन चरणमा क्लबले लियो भन्ने आधारमा पारिश्रमिक तय हुने ब्यवस्था छ । पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौ चरणमा क्लबले लिएको हो । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ ।

सन्दीप आइपीएलमा २० लाख भारु र क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा अनुबन्ध भएका थिए । सन्दीपलाई अनुबन्ध गरेको क्लब मोन्ट्रेल टाइगर्सको मार्की खेलाडी विश्वप्रसिद्ध श्रीलंकाली भेट्रान बलर लसिथ मालिंगा छन् ।

यस्तै कुनै समय विश्व क्रिकेटमा नम्बर एक स्पिनर रहेका वेष्ट इण्डिजका सुनील नराइन, श्रीलंकाका पुर्व कप्तान थिसरा परेरा, वेष्टइण्डिजका विकेटकिपर ब्याट्स्म्यान दिनेश रामदिन, पाकिस्तानको ट्वेण्टी ट्वेण्टी टिमका कप्तान ब्याट्स्म्यान मोहम्मद हाफिज, जिम्बाबेका ब्याट्स्म्यान सिकन्दर राजालगायत खेलाडी छन् ।

जम्मा ६ वटा टीम रहेकेामा राष्ट्रिय र अन्तराष्ट्रिय उत्कृष्ट खेलाडीहरुलाई मौका दिइएको छ । क्यानडाका शहरहरुको नामबाट बनाइएका क्लबमा टोरोण्टो नेशनल्स, भ्याङ्कुभर नाईट्स, मोण्ट्रेल टाइगर्स, एडमोण्टो रोयल्स र विनिपेग ह्वक्स रहेका छन् । वेष्टइण्डिजको बी टीमले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रतियोगितामा अष्ट्रेलियाका पुर्व कप्तान स्टीभ स्मिथ, पाकिस्तानी अलराउण्डर शाहीद अफ्रिदी, वेष्टइण्डिजका ब्याट्स्म्यान क्रिस गेल, डारेन सामी, ड्वेन ब्राभो, आन्द्रे रसेललगायत खेलाडीले पनि आ–आफ्ना क्लबबाट प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ