अष्ट्रियाद्वारा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी पराजित

अष्ट्रियाद्वारा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी पराजित

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ २० जेठ ।
अष्ट्रिय विरुद्धको मैत्रीपूर्ण खेलमा विश्व विजेता जर्मनी पराजित भएको छ । विश्वकपको तयारी स्वरुप गएराति खेलिएको खेलमा जर्मनीलाई अष्ट्रियाले २–१ गोलले पराजित गरेको हो ।

गएराति नै भएको अर्को खेलमा इंग्ल्याण्डले नाईजेरियालाई २–० गोल अन्तरले पराजित गरेको छ भने बेल्जियम र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी आयरल्याण्डले अमेरिकालाई २–१ ले हराउँदा नर्वेले आईसल्याण्डमाथि ३–२ को जित निकालेको छ । डेनमार्क र स्विडेनले भने गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका अन्य खेलमा चीनले थाईल्याण्डलाई २–० ले हराउँदा केन्याले न्युजिल्याण्डलाई २–१ ले, लात्भियाले ईस्टोनियालाई १–० ले तथा स्लोभेनियाले मोन्टेनेग्रोलाई २–० ले हराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ