मेयर कप भलिबलको उपाधि धनगढी उपमहानगरपालिकालाई

मेयर कप भलिबलको उपाधि धनगढी उपमहानगरपालिकालाई

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

भीमदत्तनगर, १८ जेठ ।

कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार सम्पन्न प्रदेश नं ७ स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाको टोलीले जितेको छ ।

यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा आयोजक कञ्चनपुरको भीमदत्तनगरपालिकाको टोलीलाई ३–१ सेटले पराजित गर्र्दै पहिलो पटक भएको मेयर कपको उपाधि धनगढीले जितेको हो ।

सुरुआती सेटमा भीमदत्तनगरपालिकाले धनगढीलाई पराजित गरे पनि त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै धनगढी उपमहानगरपालिकाको टोली विजेता बन्न सफल भयो ।

विजेता बनेसँगै धनगढीले रु एक लाख ११ हजार १११ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ । प्रतियोगितामा दोस्रो भएको आयोजक भीमदत्तनगरको टोलीले रु ७१ हजार १११ र तेस्रो स्थान ओगट्न सफल बैतडीको दशरथ चन्द नगरपालिकाले रु ५१ हजार १११ नगद र ट्रफी हात पारेको छ ।

प्रतियोगितामा विजेता र उपविजेता टोलीहरुलाई प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावलले पुरस्कृत गर्नुभएको थियो । भीमदत्त नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा प्रदेश नं ७ का विभिन्न जिल्लाका स्थानीय तहका गरी ११ वटा टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ