नेपाल एकदिवसीय टिमको वरियतामा समावेश, आफ्नो स्थान बनाउन चार खेल खेल्नुपर्ने

नेपाल एकदिवसीय टिमको वरियतामा समावेश, आफ्नो स्थान बनाउन चार खेल खेल्नुपर्ने

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, १८ जेठ ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ ।

आईसीसीले एक दिवसीय क्रिकेटका उदाउँदा टिमको रुपमा चार देशलाई विस्तारित एक दिवसीय (ओडीआई) टिम वरियतामा समावेश गरेको हो ।

आईसीसीले जुन १ अर्थात आजदेखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो ।

यी चार देशलाई सहभागी गराउनका लागि आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरेको छ ।

यसको अर्थ नेपालसहितका चार देशले अब खेल्ने एक दिवसीय खेललाई वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा हेरिने छ । अर्थात अब हरेक एक दिवसीय खेलबाट वरियताका लागि अंक निर्धारण हुनेछ ।

नेदरल्याण्डसले गएको वर्ष आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको थियो । यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका हुन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा २८ अंकसहित स्कटल्याण्ड १३ औं स्थानमा छ । यस्तै युएई १८ अंकसहित १४ औं स्थानमा छ । नेदरल्याण्डससँग १३ अंक छ भने नेपालसँग रेटिङका लागि चाहिले अंक छैन ।

तर, नेपाल र नेदरल्याण्डसले अब चार वटा एक दिवसीय खेल खेलेपछि आईसीसीको एक दिवसीय वरियतामा आफ्नो स्थान बनाउने छन् ।

एक अर्का्विरुद्ध खेल्ने हरेक खेलबाट टिमले वरियताका लागि चाहिने अंक पाउने छन् । सन् २०१५ को मे १ देखि ३० अप्रिल २०१७ सम्मका खेलको अंक भार ५० प्रतिशत र सन् २०१७ को मे १ यताका खेलको अंक भार १०० प्रतिशत हुने आईसीसीले जनाएको छ ।

वरियतामा नयाँ थपिएका नेपालसहितका चार देशको वरियता क्रममले तालिकामा पहिलेदेखि नै रहेका टेस्ट मान्यता प्राप्त १२ देशको वरियतामा भने कुनै असर गर्ने छैन । नेपाल र नेदरल्याण्डसले वरियतामा पर्नका लागि चार खेल खेल्नु पर्नेछ । वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ