खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छः मन्त्री विश्वकर्मा, भन्छन्- धुर्मुससँग सम्पर्क नै टुट्यो

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छः मन्त्री विश्वकर्मा, भन्छन्- धुर्मुससँग सम्पर्क नै टुट्यो

  • बिहिबार, जेष्ठ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १७ जेठ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताएका छन् ।

युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उनले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताए ।

मन्त्री विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताए ।
उनले सरकारले आफ्नै हिसाबले रंगशालाहरु बनाउने तयारी थालेको तर धुर्मुस सुन्तलीसँग सम्पर्क टुटेको बताए।
‘उहाँहरुले पहिले त मुलपानीमै रंगशाला बनाउने भन्नुभएको थियो, तर त्यहाँ भएन क्यारे, त्यसपछि काठमाडौंबाहिर कता कता खोज्नुभयो, अनि गोदावरीमा बनाउने जानकारी दिन आउनुभएको थियो, मन्त्री विश्वकर्माले भने, तर त्यहाँ पनि प्राविधिक हिसाबले बनाउन मिलेन रे अहिलेचाहिँ धुर्मुससँग मेरो सम्पर्क छैन ।’ गोदावरीमा क्रिकेट रंगशालाका लागि ठिक छैन भन्नुको कारण आफूलाई थाहा नभएको उनले बताए ।

मन्त्री विश्वकर्माले तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको जानकारी दिएका छन् ।

एसियाली खेलकुूद प्रतियोगितामा सहभागी हुने खेल संख्या र खेलाडीको संख्या निर्धारणका लागि मन्त्रालयबाट गठित कार्यदलले कार्य सम्पन्न गरेको भन्दै उनले स्वर्णपदक विजेतालाई मासिक रु पाँच हजार तथा ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजार सम्मान भत्तास्वरुप प्रदान गर्ने पनि घोषणा गरे ।

खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आगामी १० महिनाभित्र दशरथ रंगशाला एवं पोखरा रंगशालाको निर्माणकार्य सम्पन गरिने भन्दै सोही महिनाभित्र नेपालमा नै आयोजना हुने तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिताको सबै तयारी पूरा गर्ने बताए ।

उनले आगामी तीन वर्ष्भित्र ५० हजार क्षमता भएको अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला निर्माण कार्यलाई अगाडि बनाउने योजना भएको बताएका छन् ।

मन्त्रालयले सय दिनभित्र विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको आयोजना, अखिल नेपाल फुटबल संघको निर्वाचन सम्पनलगायतको कार्यक्रम सम्पन्न गरेको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार बाह्रवर्षे खेलकूद गुरुयोजनाको मस्यौदा तयार भएको, खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना प्रशिक्षकलाई परिचालन गरिएको, नेपाल खेलकूद विज्ञान प्रतिष्ठानबाट स्पोर्टस युनिभर्सिटी स्थापनाको अवधारणापत्र तयार भइरहेको छ ।

त्यस्तै कार्यक्रममा युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना तर्जुमा भएको, ७२ जिल्लामा १४६ वटा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्ताव स्वीकृत भई सम्बन्धित जिल्ला युवा समितिको कार्यालयमा सम्झौताको लागि पठाइएको, राष्ट्रिय अपांगता भएका व्यक्तिसँग कोषको सम्झौता भई १८७ जना अपांगता भएका युवालाई सहयोग सामग्री वितरण गरिएको लगायतको कार्यक्रम गरिएको जानकारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ