काठमाडौं, जेठ १७ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आजबाट छलफल सुरु हुने भएको छ । अाजबाट तीन दिन बजेटका बिषायमा संघिय संसदमा छलफल हुने छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि छलफल गर्न बैठक बस्न लागेको हो ।
सरकारले ल्याएको बजेटबारे संसद्मा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्पराअनुसार आजबाट संसद्मा बजेटमाथि छलफल सुरु गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । बजेटवारे धारणा राख्न चाहने सदस्यले अगाडि नै नाम टिपाउनपर्नेछ ।
अर्थमन्त्री डा. खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संघीय संसद्मा प्रस्तुत गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline