काठमाडौमा यही जेठ १९ देखि अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

काठमाडौमा यही जेठ १९ देखि अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं १६ जेठ ।

काठमाडौमा यही जेठ १९ देखि २६ सम्म अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजाना हुने भएको छ । कोटेश्वर सेतिओपी युवा क्लबको आयोजनामा विभिन्न १० स्कुललाई मावेश गरेर प्रतियोगिता गर्न लागेको उक्त क्लबले जानकारी दिएको छ ।

आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १० वटा प्लस टु तथा स्कुलहरुको सहभागिता रहने क्लबका अध्यक्ष रवि रिमालले बताए ।

प्रतियोगितामा मोर्डन इन्डियन स्कुल, डिएभि सुशिल केडिया स्कुल, केएमसी स्कुल, काष्ठमण्डप विद्यालय, ल्याब्रोटर उमावि, ग्रामर पब्लिव उमावि, पुष्प सदन स्कुल, रातो बंगला स्कुल, कान्जिरोवा उमावि कोलम्बस उमावि रहनेछन् ।

१० टोलीलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइने र दुवै समूहको उत्कृष्ट दुई टोली सेमिफाइनल पुग्नेछ ।

प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी तथा मेडल पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ग्रामर पब्लिक उमाविले २० हजार बराबरको छात्रावृत्ति प्रदान गर्ने क्लबका अध्यक्ष रिमाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ