प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश नम्बर ४ विजयी

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश नम्बर ४ विजयी

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १६ जेठ ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १२९ रनले पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा टियू मैदानमा भएको खेलमा हरिबहादुर चौहानको शानदार अलराउण्ड प्रदर्शनको सहयोगमा प्रदेश ४ बिजयी भयो ।

चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिए ।

प्रतियोगितामा यसअघि दुई खेलमा पराजित भएको प्रदेश चारको यो पहिलो जित हो । यसअघि उसले एपीएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनको पराजय ब्यहोरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान चौहानको शतकीय योगदानमा निर्धा्रित ओभरमा ७ विकेट गुमाएर ३१० रनको बिशाल योगफल बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङमा आएका चौहान ४६.४ बलमा प्रदेश १ का सन्दिप ढुंगानाको बलमा क्याटआउट हुनुअघि ११५ बल खेलेर १०० रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।

३११ रनको लक्ष्य पछ्याएको प्रदेश १ ३५ ओभरमा १८१ रनमै समेटियो । उसका लागि ओपनर सन्दिप ढुंगानाले ७१ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन् । प्रदेश १ का लागि मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ तथा श्रवण यादवले अविजित १९ रन बनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ