विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी, तयारी खेलमा हाइटीमाथि अर्जेन्टिनाको सहज जित 

विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी, तयारी खेलमा हाइटीमाथि अर्जेन्टिनाको सहज जित 

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, जेठ १६ ।रुसमा हुने विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी रहदा सबै ३२ टोलीले अन्तिम चरणको तयारी मा जुटेका छन् ।

विश्वकपको तयारीकै लागि गएराति भएको एउटा मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ ।

विश्वकपको उपाधि दावेदार मानिएको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन् । टोलीका लागि चौथो गोल भने सर्जियो अगुएरोले गरेका हुन् ।

विश्वकप फुटबलकै तयारीमा रहेको मध्य अमेरिकी मुलुक पानामाले भने गएराति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।

यसैगरी पेरुले स्कटल्याण्डलाई २-० ले हराउँदा मेक्सिकोले वेल्ससँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ