प्रधानमन्त्री कप क्रिकेट प्रदेश ३ विजयी

प्रधानमन्त्री कप क्रिकेट प्रदेश ३ विजयी

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, १५ जेठ।

राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नं ३ विजयी भएको छ ।

समूह बी अन्तर्गत रहेको प्रदेश नं ३ ले प्रदेश ६ लाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमा समेटियो । उसका लागि रवीन्द्र शाही र दिवान पुनले अर्धशतक पार गर्दै ५२ रन जोडे । त्यस्तै टेक सलामीले २६ रन जोडे ।

बलिङतर्फ प्रदेश ३ का किशोर महतो र जितेन्द्र ठकुरीले समान २–२ विकेट लिए । १७९ रनको चुनौती पच्छाएको प्रदेश ३ ले ३७ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । प्रदेश ३ का लागि रुपेश श्रीवास्तवले ३९, किशोर महतोले २५, आदिल खानले ३१ र इशान पाण्डेले २३ रन जोडे ।

बलिङतर्फ प्रदेश ६ का चन्द्र बिसी एक्लैले छ विकेट लिए । १० ओभर बलिङ गरेका बिसीले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए । उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ