म्याराथन धावकहरु अन्नपूर्ण आधार शिविर तिर

म्याराथन धावकहरु अन्नपूर्ण आधार शिविर तिर

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पोखरा, जेठ १४ । अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु पोखराबाट आज अन्नपूर्ण आधारशिविरतर्फ प्रस्थान गरेका छन् ।

आज पोखरामा आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई बिदाइ गरेका हुन् ।

खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेको म्याराथनमा ७० धावक सहभागी हुँदैछन् ।

अन्नपूर्ण दिवसका सन्दर्भमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन यही जेठ २० गते बिहान ६ः३० बजे अन्नपूर्ण आधारशिविरबाट सुरु हुनेछ ।

म्याराथनमा पहिलो हुने धावकले एक लाख, दोस्रो हुनेले ७० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणअन्तर्गत् जेठ १७ देखि २० गतेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ