फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ । गएको आइतवारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिवार मण्डीखाटार टेनिस कोर्टमासम्पन्न भएको छ ।
आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोगर जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्नउक्त एकल प्रतियोगितामा ४०जना महिला र ५३ जना पुरुषगरी कूल त्रियानब्बे (९३) खेलाडीहरूले भाग लिएकाथिए ।
शनिवार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहका अतिथी एवम् नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुललेबालबालिकाहरुको चरित्र निर्माणमा खेलकुदको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै टेनिस खेलको विकासमा आइएमई फाउन्डेसनले देखाएको सदासयताका लागि धन्यवाद व्यक्त गर्नुभयो।
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाललेबालबालिकाहरू एकैप्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताउनुभयो ।
साताव्यापी प्रतियोगितामा चौध वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल चालिस (४०) जना विजेता र उपविजेता छनोट भएका छन् ।पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनुहुनेछ ।
आइएमई फाउन्डेसन २०६६ सालमा दर्ता भएको परोपकारी संस्था हो ।आइएमई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ