शासकहरु तिम्रो चिहान
देख्दा सम्म तर्सन्छन आज पनि
उत्पिडित समुदाय र वर्ग
गर्व र भावुक बन्छ सम्झेर तिमिलाई ।
अठोट गरेर कसिन पुग्छ मुठ्ठी
आँखा रसाउ छ आक्रोश–पिडाको क्रन्दनले ।
सम्झन्छु ,
त्यसैले त तपाईं महान हुनुहुन्छ
तपाईं सहिद हुनुहुन्छ
जनताको नानी हुनुहुन्छ
हाम्रा मार्गदर्शक ज्ञानी हुनुहुन्छ ।
शासकको कसिङ्गर हुनुहुन्छ र त !
तपाईं वर्गीय हुनुहुन्छ
तपाईं हाम्रो हुनुहुन्छ
उत्पिडित वर्ग–समुदायको लागि राम्रो हुनुहुन्छ ।
असल र उच्च–नैतिकताको पक्ष–पाती हुनुहुन्छ
सामान्य मानव भन्दा माथी हुनुहुन्छ
त्यसैले त कमरेड इच्छुक तपाईं
उत्पिडित किसान र मजदुरको लागि जाती हुनुहुन्छ ।
तपाईको अंग–प्रत्याङ्गको लिलामी गर्न
केहि मान्छेहरु दुष्सपना बोकेर आउदैछन ।
सबैले महान भनेरै पुकार्दै छन् ।
उही माला अर्पण गर्दै छन्
उही सलामी अर्पण गर्दै छन् ।
कमरेड इच्छुक चिन्नु हुन्छ तपाईं ?
तपाइँ सङ्गै हिड्ने सहयात्रीहरु
तपाइँले डोर्याएका सहयात्रीहरु
तपाईंका सहपाठी कमरेडहरु
तपाइँलाई डोर्याउने मान्यजनहरु
सबै यहि हुनुहुन्छ नि ।
कमरेड इच्छुक चिन्नु हुन्छ तपाइँ र ?
कमरेड इच्छुक तपाईं कृतज्ञ हुनुहुन्छ ?
वर्गबैरिको सपनालाई चुनौती दिँदाको क्षण
बर्ग संघर्षका सफल चरणहरु चुम्दै गर्दाको क्षण
महान आदर्शको
मियो ओरिपरी जनता जुट्दै गएको क्षण
जनताले सत्ता निर्माण र प्राप्ती गर्दै गएको क्षण
दुष्टहरुको खुनी पन्जाले तपाईंको शरीर चिथोरेको क्षण
तपाइले सदाको लागि दुश्मनलाई जितेको क्षण
रक्तपिपासुहरु जनताको बिचमा नाङ्गेझार भएको क्षण
ती हर क्षणहरु प्रती तपाईं कृतज्ञ हुनुहुन्छ कमरेड ?
तपाईंले देखाउनु भएको बाटोको गन्तव्य
अझै हामी पुग्न सकेका छैनौं
केही घुम्ती र मोडहरु अनुमानको तुलनामा
अझै शक्तिशाली बनेर आए
आफ्नै गला रेटेको पिडायुक्त अनौठो अनुभुतिहरु
कथा र गाथामा हैन शिक्षाको रुपमा सङ्गालेका छौं ।
एउटा आज बहस चलेको छ हामी भन्नेहरुको बिचमा
तपाईं र तपाइहरुको महान वलिदानीको
आवश्यकता हो कि रहर ?
सहि थियो या भुल रु
क्रान्तिकारिता थियो या उग्रवामपन्थी ?
बहस चलेकै छ कमरेड ।
०२८ साले कम्युनिष्ट र ०५२ साले कम्युनिष्ट बिच
ध्रुवीकरण तिब्र बनेको छ ।
पात्र को कता छन , म अहिले भन्दिन
किनकी
तपाईंलाई पत्याउन गाह्रो हुन सक्छ कमरेड ।
यत्ती म भन्न सक्छु तपाईंलाई
आज ठूलो षड्यन्त्र चल्दै छ ।
जनता मास्ने देश बेच्नेहरु
हाम्राहरुलाइ किन्दैछन सुबिधाको भाउ लगाएर
लुरुलुरु खसीबाख्रा झैं तम्तयार हुँदाको
डर लाग्दो पीडा हामी संग छ ।
आज अभाव छ हामीलाइ उच्च–नैतिक नेतृत्वको
जो कमरेड तपाईंमा थियो ।
यत्रतत्र अभाव छ तपाई र उस्तै नैतिक चरित्रको
समाज बिज्ञानको नियम अनुसार नै
सरल बाट जटिल तिर
छिपछिपे बाट दबदबे तिर ।
सामान्य बाट विशिष्ट तिर गए झैं
हाम्रो पबित्र मनोकामनाले मात्र प्राप्ति हुने कुरा भएन
तपाइँले सिकाए झैं
वर्ग संघर्ष बाटै त्यो अभाव मेटाउने
अनि तपाइको सपना भेट्टाउने अठोट टुटेको छैन ।
आज तपाइले नेपाल र सिङ्गै मानवजातिको लागि
आफ्नो जीवन वलिदान गरेको दिन
जनमाराहरु नाङ्गै भएको दिन
सर्वहारा बर्गको लागि मार्गदर्शन गर्ने दिन ।
रुपचन्द्रको भनाइमा
‘मानिसको जिवनको फैसला चिहानमा हुन्छ ’
यो भनाइलाई सत्य मान्ने हो भने
तपाईंको जिवनको माहानताको फैसला भएको दिन ।
हामी भौतिक रुपमा जिवित हुँदै गर्दा
हाम्रो आदर्श महान भएको दिन
आफुलाइ अझै सचेत बनाउदै
कमरेड इच्छुक प्रति श्रद्धाञ्जली अर्पण गरौं ।
हाम्रो जिवनको फैसला हुने स्थानसम्म नपुगन्जेल
कमरेड इच्छुकको
महान त्याग र उच्च– नैतिकताको अनुसरण गर्दै
इतिहासको अभिभारा पूरा गर्ने दृढता व्यक्त गरौं
कमरेड इच्छुकलाई
शालिकको रुपमा उभ्याए मात्र हैन
जनताको मन मुटु र जिवनमा उभ्याउने प्रण सहित
उहाँको सपना साकार पार्न सक्दो योगदान दिदै
कमरेड इच्छुक प्रति सच्चा श्रद्धाञ्जली व्यक्त गरौं
उहाँको महानता र जिवनलाइ नयाँ उचाईमा स्थापित गरौं ।