कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीले जित्योः ’म्यान अफ दि सिरिज’ रुपन्देहीका सन्दिप

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीले जित्योः ’म्यान अफ दि सिरिज’ रुपन्देहीका सन्दिप

  • शनिबार, जेष्ठ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सुर्खेत १२ जेठ ।

कर्णली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको पहिलो केपिएल प्रतियोगितामा रुपन्देही–११लाई ३७ रनले पराजित गर्दै आर्मीले जित हात पारेको हो ।
प्रदेशको अहिले सम्मकै ठुलो धनराशी भएको प्रतियोगितामा टस जितेर व्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३२ रनको योगफल बनायो । आर्मीका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगफल बनाए ।
एक सय ३३ रनको लक्ष्य पछ्याउँदै व्याटिङ गरेको रुपन्देहीले १७.५ ओभरमा अलआउट भएर ९५ रन मात्र बनायो । कप्तान शक्ति गौचनले १७, निश्चल चौधरीले २६, सन्दिप सुनारले २४, र शौरभ खनालले १६ रन जोडे ।
त्यस्तै, बलिङतर्फ आर्मीका विक्रम शोवले ३, सुशन भारी र हरीकृष्ण झाले समान २÷२ तथा जितेन्द्र मुखिया र चन्द्र सावदले १÷१ विकेट लिएका थिए ।
प्रतियोगितामा विजेता आर्मीले नगद तिन लाख र ट्रफी आफ्नो पोल्टामा पारेको छ ।
खेलको म्यान अफ दि म्याच आर्मीका विक्रम शोव घोषित भए भने, म्यान अफ दि सिरिज भएका रुपन्देहीका अलराउण्डर सन्दिप सुनारले नगद २५ हजार सहित ट्रफी हात पारे ।
उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे भने उत्कृष्ठ बलर बनेका रुपन्देहीका कृष्ण कार्कीले पनि नगद दश हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

जेठ ३ गते देखि सुरु भएको प्रतियोगितामा विभिन्न चर्चित १० वटा टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ