आठराई गाउँपालिकाका सातवटै वडाका विपन्न विद्यार्थीलाई पोशाक र झोला वितरण

आठराई गाउँपालिकाका सातवटै वडाका विपन्न विद्यार्थीलाई पोशाक र झोला वितरण

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

तेह्रथुम, ११ जेठ ।
तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ ।

समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरूपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सातवटै वडाका ६० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो ।

वडामा रहेका सामुदायिक विद्यालयबाट विपन्न विद्यार्थी छनोट गरी स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा प्रति विद्यार्थी रु एक हजारबराबरका विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरिएको देउराली सोसाइटीका सामाजिक परिचालक सुवास कन्दङ्वाले बताउनुभयो ।

त्यस्ता सामग्री पाउनेमा ह्वाकुका सातजना, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, खाम्लालुङ र सक्रान्तिका नौ–नौजना विद्यार्थी रहेका छन् । एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाइटीले आठराई गाउँपालिकाका सबै वडामा स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत विपन्न परिवारका बालबालिकाको शैक्षिक उन्नयनका लागि सहयोग गरिएको देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर आम्बुङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी