फेसबुकले नै माग्न थाल्यो आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर, यस्तो छ कारण

फेसबुकले नै माग्न थाल्यो आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर, यस्तो छ कारण

  • बिहिबार, जेष्ठ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

लन्डन, जेठ १० । फेसबुकले नै आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ ।

प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो ।

फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला ? धेरैको मनमा स्वाभाविक रुपमा प्रश्न उब्जिन सक्छ । तर प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले प्रष्ट पारेको छ ।

कतिपय प्रयोगकर्ताहरु कसैको बदलाको भावनाबाट शिकार बन्दै आएको उल्लेख गर्दै फेसबुकले त्यस्ता प्रयोगकर्तालाई जोगाउनका लागि नग्न तस्वीर मागिएको जनाएको छ ।

फेसबुकमा कतिपयले अरुको नग्न तस्वीर पोस्ट गर्ने, म्यासेन्जरमा पठाएर ब्ल्याकमेलिङ गर्ने लगायतका गतिविधि बढ्न थालेको भन्दै फेसबुकले त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि प्रयोगकर्ताहरुको नग्न तस्वीर मागिएको प्रष्ट पारेको छ ।

फेसबुकका अनुसार कसैसँग तपाईको नग्न तस्वीर छ भन्ने लाग्छ र उसले तपाईको नग्न तस्वीर फेसबुकमा पोस्ट गर्न सक्छ भन्ने लाग्छ भने तपाईलाई यो प्रविधिबाट जोगाउन सकिन्छ ।

फेसबुकले बेलायत, अमेरिका र क्यानाडामा यो प्रविधि प्रयोग गर्न थालेको छ । फेसबुकका एक प्रवक्ताका अनुसार प्रयोगकर्ताका लागि यो एक खुला प्रस्ताव हो, तस्वीर पठाउन करकाप भने छैन ।

फेसबुकका अनुसार प्रयोगकर्ताले पठाएको तस्वीरलाई पाँचजनाको एउटा समूहले हेर्नेछ । ती पाँचैजना प्रशिक्षित समीक्षक हुन् । त्यसपछि सबै तस्वीरलाई एक खास डिजिटल फिंगरप्रिन्ट दिइनेछ ।

ती तस्वीरलाई डाटाबेसको रुपमा एउटा कोड स्टोर गरिन्छ । ती तस्वीर कुनै पनि प्रयोगकर्ताले फेसबुकमा अपलोड गर्न खोजेमा उक्त कोडले तस्वीर सनाखत गरी फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा आउनु अघि नै ब्लक गर्ने फेसबुकको दावी छ ।

तर यो प्रविधिबाट प्रयोगकर्ताको नग्न तस्वीर फेसबुकमा पोस्ट नहुने शतप्रतिशत ग्यारेन्टी नभएको फेसबुकका एक अधिकारीले बताए । उनका अनुसार फोटोलाई कसैले सम्पादन गरेर, टोडमोड गरेर मूल तस्वीरभन्दा अलग बनाउन सक्छ । त्यस्तो अवस्थामा फेसबुकको डाटाकोडले उक्त तस्वीर सनाखत गर्न सक्दैन ।

तर फेसबुकले यसलाई प्रारम्भिक चरण भन्दै थप विश्वासिलो, भरपर्दो र सुरक्षित बनाउने गरी काम भइरहेको जनाएको छ ।

तर आफूसँग भएको आफ्नो कुनै नग्न तस्वीर अरुसँग पनि छ र उसले ती तस्वीर फेसबुकमार्फत सार्वजनिक गर्न सक्छ भन्ने आशंका गरिरहेका प्रयोगकर्ताका लागि भने यो प्रविधिले धेरै हदसम्म सघाउने फेसबुकको दावी छ । तर कसैले उसको आफ्नै मोबाइल वा क्यामेराबाट कसैको नग्न तस्वीर खिचेको छ, र त्यो तस्वीर तपाईसँग छैन भने त्यस्ता तस्वीरलाई अपलोड हुनबाट रोक्न सक्ने प्रविधि तत्काल फेसबुकसँग नरहेको बताइन्छ । कसैले उजुरी गरेमा पोस्ट भइसकेका तस्वीरलाई फेसबुकले हटाउन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी