दरबार हाई स्कूलबारे यस्तो छ शिक्षामन्त्री पोख्रेलको योजना

दरबार हाई स्कूलबारे यस्तो छ शिक्षामन्त्री पोख्रेलको योजना

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौँ, ७ जेठ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षतिग्रस्त सबै विद्यालय निर्माण गरिसक्ने दाबी गर्नुभएको छ ।

काठमाण्डौको दरबार हाई स्कूलले आज पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै समय नलाग्ने दाबी गर्नुभएको हो ।

मन्त्री पोखरेलले दरबार हाइस्कूल पुरानो भएकोले अन्य विद्यालयभन्दा फरक र आकर्षण हुनुपर्ने भन्दै सोही अनुरुप निर्माण कार्य अघि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा नमिलेको कुरा मिलाएर एक हप्ताभित्र नक्सा पास गर्न पनि मन्त्री पोखरेलले महानगरलाई आग्रह गर्नुभएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले उक्त विद्यालय निर्माणका लागि अबको एक हप्तामा नक्सा पास गरिसक्ने बताउनुभएको छ ।

उक्त विद्यालाय ऐतिहासिक भएकाले नक्सापास गर्नका लागि पुरातत्वको अनुमति आवश्यक पर्ने भएकाले अन्य विद्यालयको नक्सापासभन्दा झन्झट भएको कामपा–२७ का वडा अध्यक्ष चिनियामान महर्जनले बताउनुभयो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रतिनिधि दिलीप श्रेष्ठले २०७२ सालको भूकम्पले गर्दा सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्ममा तीन हजार ६०० निर्माण गरिसकेको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दहालले कामपाबाट नक्सा भएसँगै भत्काउनका लािग बोलपत्र आवह्वान गरिनेछ ।
१० रोपनी जग्गामा रहेको उक्त विद्यालयमा हाल १५० जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् । यसअघि इँट्टा र सिमेन्टबाट बनेको विद्यालय अब सबै आधुनिक निर्माण सामग्रीबाट बन्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी