६ जेठ, काठमाडौं । ‘उत्कृष्ट खोज, वाह् ! क्या खेलाडी’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा अन्तिम खेलमा जित हात पारेपछि दिल्ली डेयरडेभिल्सले १७ वर्षे नेपाली युवक सन्दिप लामिछानेको तस्वीर ट्वीट गर्दै लेखेको छ ।
साँचै सन्दिप दिल्लीका लागि उत्कृष्ट छनोट बने । सुरुवाति ११ खेलमा बेञ्चमा विताए उनले जति माैका पाए सबैमा उत्कृष्ट खेल पस्के । अन्तिम खेलको प्रदर्शन त ‘सुपर’ नै रहृयो ।
अक्सनमा बोली लागेपछि उनको दिल्ली यात्रा त पक्का भएपनि आईपीएल अरु खेलाडी जस्तै सन्दिपकाे पनि सपना थियो । सुरूवाती ११ खेल बेञ्चमा नै बसेका उनले दिल्ली प्ले अफमा पुग्ने सम्भावना टरेपछि बाँकी तीन वटै खेलमा खेल्ने मौका पाए ।
आफूले पाएको मौकामा खरो उत्रिएका उनले प्रतियोगिताका अन्तिम खेलमा तीनसहित ५ विकेट लिए ।
आफ्नो पहिलो खेलमा उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । खेलमा दिल्ली ५ विकेटले पराजित भएपनि सन्दिपको बलिङको भने तारिफ भयो ।
दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका उनी ‘स्टाइलिस प्लेयर अफ द म्याच’ नै भए । सन्दिपले महेन्द्र सिंह धोनी र सुरेस रैनाको साझेदारी तोडेको खेलमा दिल्ली ३४ रनले विजयी भयो । दिल्लीका लागि चेन्नईविरुद्धको जित ठूलो थियो ।
लगातार दुई खेलमा राम्रो प्रदर्शन गरेका सन्दिप अन्तिम खेलमा निर्विकल्प बने । र, त्यसलाई उनले प्रमाणित पनि गरे । अन्तिम दिनको खेल चलिरहँदा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले सन्दिपको समर्थनमा ट्वीट गरेका थिए, ‘निकै राम्रो गर्यौ, अझै धेरै अघि जानु छ ।’
साच्चै मुम्बईको प्ले अफको बाटो बन्द गर्न सन्दिपको भूमिका महत्वपूर्ण रहृयो । दिल्लीको पहिलो ओभर नै बलिङ गर्न आएका उनले १३ रन खर्चेर १ विकेट लिए ।
लगातार दुई खेलमा राम्रो प्रदर्शन गरेका सन्दिप अन्तिम खेलमा निर्विकल्प बने । र, त्यसलाई उनले प्रमाणित पनि गरे । अन्तिम दिनको खेल चलिरहँदा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले सन्दिपको समर्थनमा ट्वीट गरेका थिए, ‘निकै राम्रो गर्यौ, अझै धेरै अघि जानु छ ।’
सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ । यो हारसँगै मुम्बई प्ले अफमा पुग्न सकेन ।
दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिप र अमित मिश्राले समान ३-३ विकेट लिएका थिए ।
दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।