कर्णाली प्रिमियर लिगमा धनगढीद्धारा एबीसी स्पोर्ट्स क्लब ३२ रनले पराजित

कर्णाली प्रिमियर लिगमा धनगढीद्धारा एबीसी स्पोर्ट्स क्लब ३२ रनले पराजित

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

सुर्खेत, जेठ ५ ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीले एबीसी स्पोर्ट्स क्लबलाई ३२ रनले पराजित गरेको छ ।

लगातार तेश्रो जित हात पार्ने क्रममा धनगढीले १ सय ५४ रनको लक्ष्य पछ्याएको एबीसीलाई १ सय २१ रनमा अलआउट गरेको हो । एबीसीका आयुष्मान बमले ३१ र महेश खत्रीले २१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले २–२ विकेट लिए । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

धनगढीका सुनिल धमलाले ४०, बसन्त कार्कीले ३० र लोकेश बमले २५ रन बनाए । एबीसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले २–२ विकेट लिए ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ