विजेता लिटिल प्रिन्स एन्ड प्रिन्सेजहरु भारत जाने तयारीमा

विजेता लिटिल प्रिन्स एन्ड प्रिन्सेजहरु भारत जाने तयारीमा

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

जेष्ठ ५ ,काठमाडौं / केहि दिन अघि मात्र सम्पन्न आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ र तेश्रो टिन प्रिन्सेज डिभा २०१८का विजेताहरु भारत जाने तयारीमा जुटेका छन्् । आउँदो जुलाइ ८ का दिनमा भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इन्टरनेशनल ब्यूटि पेजेन्टमा सहभागी हुन लिटिल प्रिन्स एन्ड प्रिन्सेज र टिन प्रिन्सेजका विजेताहरु तयारीमा जुटेका हुन्् ।
गत चैत्र २२ गते रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ र तेश्रो टिन प्रिन्सेज डिभा २०१८ कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रमका विजेताहरुहरुलाई देशका साथै विदेशमा पनि विभिन्न फेसन शो, ब्यूटि पेजेन्टहरुमा सहभागी गराउने अवसर अन्तर्गत पहिलो पटक भारत लिएर जान लागेको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका निर्देशक साथै इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले जानकारी दिनुभयो ।
गत चैत्र २२ गते काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ मा सुप्रिया महर्जनले उपाधी जितेकी थिइन्् । त्यसैगरी लिटिल प्रिन्सको उपाधी भने नमन मित्तलले जितेका थिए । लिटिल प्रिन्सेजतर्फ दोश्रो स्थानमा प्राप्या पोखरेल र तेश्रो स्थानमा प्राश्ना गिरी पर्न सफल भएकि थिइन्् । त्यसैगरी लिटिल प्रिन्सतर्फ सुसान्त सुवेदी दोश्रो स्थानमा र जेनिस श्रेष्ठ तेश्रो स्थानमा पर्न सफल भएका थिए । सो प्रतियोगीतामा ९ देखि १२ वर्ष उमेर समूहका वालवालिकाहरुको सहभागीता रहेको थियो । लिटिलका प्रतियोगीहरुलाई बेस्ट फोटोजेनिक, इनर्जेटिक, डिसिप्लिन, चार्मिङ, बेस्ट वाल्क, भ्यूअर्स च्वाइस लगायत विभिन्न २२ विधामा समेत पुरस्कृत गरीएको थियो ।
त्यसैगरी तेश्रो टिन प्रिन्सेज डिभाको उपाधि रोसिका निरौलाले जितेकी थिइन्् । १३ देखि १५ वर्ष उमेर समूहको टिन प्रिन्सेज डिभा २०१८ प्रतियोगीतामा महिमा बज्राचार्य दोश्रो स्थानमा परीन्् । प्रतियोगीतामा बज्राचार्यले बेस्ट ट््यालेन्टको अवार्ड समेत जितेकी थिइन्् । त्यसैगरी आइसा राइले तेश्रो स्थान हात पार्न सफल भइन्् । जम्मा १० जना प्रतियोगीहरुको सहभागीता रहेको टिन प्रिन्सेज डिभामा उपाधीको साथै फोटोजेनिक, ब्यूटिफुल स्माइल, इनर्जेटिक लगायत विभिन्न विधामा समेत प्रतियोगीहरु पुरस्कृत भएका थिए ।
हाल भारत जाने टोलीलाई अहिले नेपालमै आफुले क्याटवाक लगायत विभिन्न तालीमहरु दिँदै गरेको कोरीयोग्राफर फैजुले बताउनुभयो । अन्तर्राष्ट्रिय स्पर्धा भएकोले सोहि अनुसार आफुले कोरीयोग्राफी गरेको र सहभागीहरुलाई तालीम पनि सोहि अनुसार नै दिँदै गरेको फैजुले बताउनुभयो । यसपछि व्यक्तित्व विकास सम्बन्धि अन्य तालीमहरु पनि सहभागीलाई दिइने फैजुको भनाइ थियो ।
भारत जाने सहभागीहरुको ड्रेस डिजाइनमा भने डिजाइनर श्रीषा वैदार फैजु जुटिरहेका छन्् । भारतमा नेपालका सहभागीहरु मन्चमा देखिँदा नेपालीपन पनि झल्कियोस भन्ने विचार लिई आफु डिजाइनमा जुटिरहेको डिजाइनर श्रीषाको भनाइ छ । नेपाली संस्कृति झल्किने खालको फरक र नयाँ कन्सेप्ट आफुले बनाउँदै गरेको श्रीषाले बताइन्् ।
जुलाइ ८ मा आयोजना हुने कार्यक्रमको लागी नेपाली टोलि जुलाई ५ मा भारत प्रस्थान गर्न लागेको छ भने कार्यक्रम सम्पन्न भएपश्चात जुलाई ९ मा नेपाल फर्किनेछ । भारतमा आयोजना हुने कार्यक्रममा नेपालले कुनै न कुनै पुरस्कार वा उपाधि हात पार्ने कुरामा आफु विश्वस्त रहेको कोरीयोग्राफर फैजुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी