कान्तिपूर हाफ म्यारथनको उपाधि कान्छिमाया कोजु र हरि रिमाललाई

कान्तिपूर हाफ म्यारथनको उपाधि कान्छिमाया कोजु र हरि रिमाललाई

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ ५ जेठ ।
कान्तिपुर रनर हाफ म्याराथन आठौं संस्करणको उपाधि पुरुषतर्फ हरि रिमाल र महिलातर्फ कान्छिमाया कोजूले जितेका छन् ।

पुरुष तर्फको उपाधि नेपाली सेनाका रिमालले जितेका हुन् भने महिला तर्फ सशस्त्र प्रहरीकी कोजूले उपाधि हात पारेकी हुन् । दुवैले ५०–५० हजार रुपैया र रनर काइट प्लस स्कुटर जितेका छन् ।

महिला तर्फ दोस्रो सन्तोसी श्रेष्ठ भइन् भने तेस्रो आर्मीकी बृन्दा श्रेष्ठ भइन् । यस्तै पुरुष तर्फ दोस्रो होमलाल श्रेष्ठ भए भने गजेन्द्र राई तेस्रो बने । ह्विलचियर तर्फ रामबहादुर तामाङ पहिलो र प्रेम विक दोस्रो भए ।

कान्तिपुर पब्लिकेशन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीबाट सुरु भएको म्याराथन माइतीघर, नया बानेश्वर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर पुनः यसै रुटमा फर्केर थापाथली आइपुगेको थियो ।

म्याराथनको कुल दुरी २१ दशमलब १ किलोमिटर रहेको थियो । म्याराथनको राजधानीको थापाथलीस्थित विजनेश पार्कमा बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ