आजदेखि तेस्रो टान अन्तर्रा्ष्ट्रिय लाङटाङ म्याराथन हुदै

आजदेखि तेस्रो टान अन्तर्रा्ष्ट्रिय लाङटाङ म्याराथन हुदै

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

रसुवा ,जेष्ठ ४ ।
रसुवामा आजदेखि तेस्रो टान अन्तर्रा्ष्ट्रिय लाङटाङ म्याराथन प्रतियोगिता हुदैछ ।

पदयात्राको तेस्रो गन्तव्य क्षेत्र मानिने लाङटाङ क्षेत्रमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले तेस्रो टान अन्तर्रा्ष्ट्रिय लाङटाङ म्याराथनको आयोजना गर्ने लागेको हो ।

७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति गरेको लाङटाङ क्षेत्र अहिले पदमार्गको मर्मत तथा सुधार, होटल तथा घरहरुको पुनर्निर्माण भए संगै पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन म्याराथनको आयोजना गरिएको टानका अध्यक्ष नवराज दाहालले बताउनुभयो ।

टानले पहिलो संस्करणमा गोसाइकुण्डदेखि सदरमुकाम धुन्चेसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथनको आयोजना गरेको थियो । गतवर्ष पनि टानले लाङटाङको क्यानजिङदेखि स्याफ्रुवेसीसम्म दोस्रो म्याराथुनको आयोजना गरेको थियो ।

यस वर्ष पनि लाङटाङको क्यानजिङ, लाङटाङगांउ, थाङस्याप, घोडातबेला, लामाहोटल, रिम्चे, शेर्पागांउ, खाम्जिङ, बृद्धिम, लिङलिङ हुंदै स्याफ्रुवेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथनको आयोजना गर्न लागेको टानका कार्यासमिति सदस्य कार्यक्रम तथा खेलकुद विभिाग संयोजक ऋतु ग्याम्दानले बताउनुभयो ।

म्याराथनमा महिला र पुरुष दुवैतर्फका प्रथम हुने विजेताले १ लाख ५ हजार, दोस्रो हुनेले ७८ हजार ७ सय ५० र तेस्रो हुनेले ५२ हजार ५ सय नगद पुरस्कार र प्रमाण पत्र पाउने छन् ।

अहिलेसम्म ६० जना धावकले नाम दर्ता गराएको र झण्डै एकसय जना सहभागी हुने टानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ