सन्दीपसहित बलर चम्केपछि चेन्नईविरुद्ध दिल्लीको सहज जित

सन्दीपसहित बलर चम्केपछि चेन्नईविरुद्ध दिल्लीको सहज जित

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, ५ जेठ ।
इण्डियन प्रिमियर लिगको दोस्रो खेलमा नेपाली युवा बलर सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ् द म्याच घोषित भएका छन् । गएराति भएको खेलमा उनको उत्कृष्ट प्रदर्शनले दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सलाई ३४ रनले पराजित ग¥यो ।

लामिछानेले आफ्नो ४ ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए । १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सलाई १२८ रनमा समेट्न सन्दीपले ५.२५ को औसतमा २१ रन दिए ।

यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए । सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिँदै ऐतिहासिक सफलता हात पारे ।

उनले चार ओभरमा १० बल डट गराउन सफल भए । सुरेश रैना र महेन्द्रसिंह धोनीको साझेदारीलाई तोड्नु तथा कम रन खर्चनु नै दिल्लीका लागि जितको आधार बन्यो ।

सन्दीपसहित दिल्लीका लागि बलरहरुले कसिलो बलिङ गरे । आवेश खान भने केही महंगा सावित भए । दुई ओभर बलिङ गरेका खानले २८ रन खर्चिए । ४ ओभर बलिङ गरेका अमित मिश्रा र ट्रेन्ट बोल्टले २–२ विकेट लिँदै मात्र २० रन दिए ।

त्यस्तै ४ ओभर नै बलिङ गरेका हर्षल पटेलले एक विकेट लिँदै २३ रन खर्चिए । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेरडेविल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका लागि ऋषव पन्तले सर्वाधिक ३८ रन बनाएका थिए भने विजय शंकर र हर्सल पटेलले ३६–३६ रनको योगदान दिए । हर्सलले अन्तिम ओभरमा ३ छक्कासहित १९ रनको योगदान दिएपछि दिल्लीले बलियो स्कोर तयार पारेको थियो ।

जवाफमा १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १२८ रनमा समेटियो । चेन्नईका लागि अम्बाती रायूडुले अर्धशतक पार गर्दै ५० रन बनाएका थिए भने रवीन्द्र जडेजाले २७ रन जोडे । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

चेन्नईले प्लेअफमा स्थान बनाइसकेको छ भने दिल्लीको प्लेअफमा पुग्ने सम्भावना टरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ