एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३देखि

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३देखि

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ४ जेठ ।  राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ । 

राखेपद्वारा आज सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ । नेपालयले प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेजसँग पनि प्रायोजन सम्झौता गरेको छ । एक्सेल्सिया कलेजका क्षेत्रीय प्रमुख बबी अब्राहम र नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतानुसार एक्सेल्सिया कलेजले नेपालय इन्टरनेशनललाई २४ हजार अष्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ ।

सोही कार्यक्रममा प्रतियोगितामा लगाइने जर्सी एक्सेल्सिया कलेजका प्रतिनिधि बबी र नेपालका प्रबन्ध निर्देशक सुवासले सार्वजनिक गर्नुभयो । प्रतियोगिता जेठ २९ गतेसम्म चल्नेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु एक लाख र विधागत उत्कृष्ट हुनेले जनही रु ५० हजार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ