आइपीएलमा आजराति कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदै

आइपीएलमा आजराति कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदै

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, जेठ १ ।
इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा आजराति कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदै छ ।

यसअघि गएराति भएको खेलमा किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले प्ले अफ् चरणमा पुग्ने संभावना जिवित राखेको छ ।

खेलमा ८९ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले ८ ओभर १ बलमा विना कुनै विकेटको क्षतिमा जित हासिल गरेको हो ।

जितपछि पनि सातौं स्थानमै यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ । १२ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा झर्दा समान १२ अंक नैं जोडेको राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ ।

तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक नैं छ । बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५ ओभर १ बलमा सबै विकेट गुमाएर ८८ रन मात्रै जाडेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ