काठमाडौ, १ जेठ ।
उदयपूरमा जारी उदयपूर गोल्डकप फुटबल प्रतियोगितामा आज विभागिय टीम नेपाल पुलिस र सुनसरी ११ बीच प्रतिस्पर्धा हुदैछ ।
खेल उदपूरको थरुहट रंगाशालामा अपरान्न ४ बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउने दाउमा हुनेछ ।
यसअघि हिजो भएको खेलमा मोरङ ११ लाई पराजित गर्दै ललितपूरको थ्रीस्टार क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँसहित सिलड मेडल प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार पुरस्कार पाउनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline