काठमाडौं, जेठ १ ।
नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने भएको छ । उनको पार्थीव शरिरलाई श्रदाञ्जली दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखिने बताइएको छ ।
त्यसपछि उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा५१ वर्षको उमेरमा हिजो निधन भएको हो ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० वटा अन्तर्रा्ष्ट्रिय गोल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline