राजनीतिक जुवाघरको कथा !

राजनीतिक जुवाघरको कथा !

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बाहिर लेखिएको छ
गोप्य एकता वार्ता !

भित्रबाट आवाज सुनिन्छ-
“मने लौ यो जनयुध्द थापें मैले !”
अर्को आवाज आउँछ-
“माकाफुइँ जनयुध्द मात्रै ?
ल ठिकै छ मैले कौडा हानें है ?
सात ठाडी सात ठाडी सात ठाडी
मार्रा !”
अघिल्लो व्यक्तिको आवाज आउँछ-
“मने खाइदिएको जनयुध्द ?”
दोश्रो व्यक्ति बोल्छ-
” माकाफुइँ खालमा थापेपछि खाइदिएँ नि !
आव के थाप्छौ थाप लु ?”
पहिलो व्यक्ति वोल्छ-
” मने लु यो माओवाद थापे !”
दोश्रो व्यक्ति कड्किन्छ-
माकाफुइँ ! एति मात्रै ?
ल ल पख मैले कौडा हानें
सात ठाडी सात ठाडी सात ठाडी
मार्रा ….!
कौडा हेर है माकाफुइँ !”
पहिलो व्यक्ति –
” मने ठिकै छ टिप्नोस !”
दोश्रो व्यक्ति-
“अव के थाप्छौ माकाफुइँ ?”
पहिलो व्यक्ति-
“अव यो पचास पचासको सर्त थापें मने !”
दोश्रो व्यक्ति-
“सात ठाडी सात ठाडी -मार्रा !
माकाफुइँ अव कोट झिक !”
दोश्रो व्यक्ति-
“मने झिक्दिन !”
पहिलो व्यक्ति-
“माकाफुइँ ! अनि जुवा खेल्ने हैन र ?”
दोश्रो व्यक्ति –
“अव त सीतालाई थापे मात्रै !”
दोश्रो व्यक्ति-
” भो चाहिएन तिमीसँगै राख !
मलाई रोजी रोजी छन् !
माकाफुइँ अव के गर्ने त ?”
पहिलो व्यक्ति-
“मने आत्म समर्पण अव !”
दोश्रो व्यक्ति-
“माकाफुइँ एक ताल तिमी नै भयौ है त ?”
पहिलो व्यक्ति-
“अहँ पर्दैन मने !”
दोश्रो व्यक्ति-
“सात ठाडी सात ठाडी मारा !”
पहिलो व्यक्ति-
“मने यो झेली भयो है !
मने म जस्तो सुकै टर्न लिन पनि
निश्चित रुपमा तैयार छु नि !”
दोश्रो व्यक्ति-
” माकाफुइँले युटर्न लिए पनि हुन्छ
अच्छ्युँ खाएँ बच्छ्युँ खाएँ झुसे बारुलो
अव माकाफुइँ सँग के छ र ?
सक्छौं भने युटर्न लिएर देखाऊ !”
पहिलो व्यक्ति-
“मने भन्दिया क्या
कार्यकर्ता कन्ट्रोल गर्नु परेन ?”
दोश्रो व्यक्ति-
माकाफुइँ एक नम्वर छ षडयन्त्र गर्न ।
पहिलो व्यक्ति-
“बल्ल थाहा पायौ ?”
दोश्रो व्यक्ति-
“आजको जुवा खेलाईबाट पक्का !”
दोश्रो व्यक्तिको अट्टहास सुनिन्छ
पहिलो व्यक्तिको कुनै आवाज आउँदैन !

-बलराम तिमल्सिना

२०७५|०१|३१
ढल्को

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी