नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

  • शुक्रबार, बैशाख २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

२८ बैशाख ,काभ्रे / नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
वनेपा नगरपालिका वडा नं. ५ को काँथु गणेस्थान स्थित वडा कार्यालयको वैठक कक्षमा सम्पन्न भएको उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष श्री सुनिल तामांगको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा काभ्रे जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्री सचितानन्द के.सी. ज्यू ले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथिका रुपमा वनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री बलराम अधिकारी ज्यू को पनि उपस्थिति रहेको थियो ।
विशेष अतिथि नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको रोहवरमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको नयाँ कार्य समितिको चयन पनि गरिएको थियो । जस अनुसार नयाँ कार्यकालका लागि अध्यक्षमा श्री रविन्द्र बैदार, उपाध्यक्ष श्री मनिष कायस्थ, सचिव श्री सागर मानन्धर, कोषाध्यक्ष श्रीमती विनिता राना मगर (मानन्धर) तथा सदस्यहरुमा अरुण अधिकारी, दिपक तामांग, सुरेश वाईवा, बाबु तामांग घिसिंग तथा निशा कर्माचार्य निर्वाचित हुनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ