कमरेडको बर्ग: सवै एउटै कहाँ हुन्छ कमरेड ? – बलराम तिमल्सिना

कमरेडको बर्ग: सवै एउटै कहाँ हुन्छ कमरेड ? – बलराम तिमल्सिना

  • बुधबार, बैशाख २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

हुन त तिमी पनि कमरेड
र म पनि कमरेड
कमरेड भनेर मात्रै
कहाँ हुन्छ कमरेड ?

तिमी वुध्दिजीवी कमरेड
म श्रमजीवी कमरेड
कताको वुध्दिजीवी
कताको श्रमजीवी
कमरेडको पनि बर्ग हुन्छ नि कमरेड !
तिमी हुने खाने कमरेड
म हुँदा खाने कमरेड
हुने खाने र हुँदा खाने
कहाँ यौटै हुन्छ त कमरेड ?

मैले जुलुसमा जाने हो
तिमीले विश्लेषण गर्ने हो
मैले लाठ्ठी खाने हो
तिमीले समिक्षा लेख्ने हो
हात चल्ने र कलम चल्ने
यौटै कसरी हुन्छ कमरेड ?

मैले गरेको आन्दोलन
फस्टाउँन थाल्यो भने-
“केटाहरूले ढप ल्याए” भन्ने हो
आन्दोलन खिइयो मासियो भने-
“वुध्दि भए पो गर्छन” भन्ने हो
उल्लिविल्ली पार्ने हो
तिमी त वुध्दिजीवी हो नि कमरेड
हामीलाई अह्राउँने हो
उचाल्ने हो
पछार्ने हो
गाली गर्ने र सराप्ने हो !

हामी बाढीमा हाम फाल्दा
तिमीले किनारमा बसेर हेर्ने हो
हामी डुव्यौं भने टाप कस्ने हो
उत्र्यौं भने हामी
पुल चढेर वारि आउने हो
जोखिम मोल्ने
प्रयोगमा जाने
वुध्दिजीवीले हैन नि कमरेड
त्यत्रो महङ्गो जिन्दगी
कहाँ प्रयोगमा लैजाने !

खाइपाई रहेको जागिर
आकासिदै गएको तिम्रो बजार मुल्य
र नियुक्तिको निमन्त्रणा लत्याएर
राजनीतिमा टाउको रगड्न
त्यो पनि सत्ताभन्दा परको
वाफरे वाफ कमरेड
मैले त्यस्तो प्रस्ताव गरौंला त ?
गर्दै गर्दिन नि कमरेड
तिम्रो छुट्टै बर्ग छ
मेरो छुट्टै बर्ग छ
हड्डी घोटेर मैले
हुर्काएँ भने मैले
यो समयको बाली
जमिन्दारजस्तै गरेर
तपाई त बाली उठाउँने समयमा आउँने हो
अहिले त नि कमरेड
वातानुकूलित कोठामा बसेर
झ्यालबाट हेर्ने हो हजुरले
हामीले गरिखान्छौं
या ठहरै मरिजान्छौं
यो जुलुस
यो पार्टी
यो राजनीति
यी सवै कुराको लफडामा
हजुर पर्ने हुदैहोइन नि कमरेड !

तपाई वुध्दिजीवी कमरेड
म श्रमजीवी कमरेड
तपाई र मेरो
बर्ग नै फरक छ
बाटो नै फरक छ
कमरेड भनेर मात्रै
सवै एउटै कहाँ हुन्छ कमरेड ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी