उपाधिका लागि मनाङ र पुलिस भिड्ने

उपाधिका लागि मनाङ र पुलिस भिड्ने

  • बुधबार, बैशाख २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

दमक, २६ वैशाख। 

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् ।

आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेपछि फाइनलको यात्रा पक्का गरेको हो ।

खेलको ३० आँै मिनेटमा पहिलो गोल आर्मीका लागि टंक बस्नेतले गेरे पनि ४७ औं मिनेटमा मनाङका दीपक राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यपछि खेलमा दुवैपक्षबाट गोल हुन सकेन र खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरे भने आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए । पेनाल्टीमा आर्मीका दीपक गुरुङले गोल गर्न सकेनन् ।

उपाधि भिडन्त आउँदो शुक्रबार हुँदैछ । यसअघि मंगलबार पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको थियो ।

गोल्डकपको विजेताले रु रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ