२६ वैशाख,काठमाडौँ ।
नेकपा एमाले निकट बिद्धार्थी संगठन अनेरास्ववियुले जेठ पहिलो हप्ता नयाँ नेतृत्व पाउने भएको छ ।
वर्तमान अध्यक्ष नविना लामाले पद त्यागेपछि नेतृत्व परिवर्तनका लागि आगामी जेष्ठ ४ र ५ गते अनेरास्ववियुको केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँको किर्तिपुरमा बस्दै छ ।
बैठकलाई सफल पार्न हिजो बसेको अखिल पदाधीकरी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । बैठकले केन्द्रीय सदस्यहरुको मनोनयन अध्यक्ष नविना लामाले इन्चार्जसँग समन्वय गरेर गर्ने निर्णय पनि गरको छ।
युवा संघमा जस्तै अनेरास्ववियुमा पनि केन्द्रीय कमिटीको बैठककै बीचमा अध्यक्ष नविना लामाको राजिनामा दियर नयाँ नेतृत्व चयन गर्ने गरी तयारी गरिएको भयपनि अध्यक्षका आकंग्छी धेरै भयकाले निर्वाचनको सम्भावना बलियो भयको हाम्रा स्रोतहरुको दाबी छ ।अध्यक्षमा हालका उपाअध्यक्षहरु महेश बर्तौला, रश्मी आचार्य,सैलेश लामा र महासचिव ऐन महरको दाबी छ ।