आईपिएल क्रिकेटमा आज राती राजस्थान र पञ्जाब भिड्ने

आईपिएल क्रिकेटमा आज राती राजस्थान र पञ्जाब भिड्ने

  • मङ्लबार, बैशाख २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, बैशाख २५ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज राती राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भिड्नेछन् ।

गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ ।

हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो ।

उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे । बलीङतर्फ बैंग्लोरका टिम साउदी र मोमोहद सिराजले ३/३ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको मध्यम चुनौती पछ्याएको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन मात्रै बनाउन सक्यो । बैंग्लोरका कप्तान विराट कोहलीले ३९ रन जोडेपनि टोलीलाई जिताउने प्रदर्शन गर्न सकेनन् ।

यो हारसँगै बैंग्लोर आईपिएलको जारी संस्करणको समुह चरणबाटै बाहिरिने खतरा बढेको छ । १० खेलबाट ६ अंक जोडेको बैंग्लोर तालिकाको छैटौं स्थानमा रहेको छ ।

तालिकाको शर्षि चारभित्र पर्ने टोली मात्रै प्ले अफ् चरणमा पुग्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ