केरा खेतीमा अहिलेसम्मकै ठूलो क्षती, हावाहुरी र असिनाले पार्यो सखाप

केरा खेतीमा अहिलेसम्मकै ठूलो क्षती, हावाहुरी र असिनाले पार्यो सखाप

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाण्डौ, २४ वैशाख ।

चितवनमा हावाहुरी र असिनाले करिब १५ विगाह क्षेत्रफलमा लगाइएको केरा खेतीमा अहिलेसम्मकै ठूलो क्षती पुगेको छ ।

विवरणहरु संकलन भइरहेकाले क्षतीको यकिन विवरण आउन भने बाकीँ छ ।

पुर्वी चितवनको पदमपुर, जुटपानी, पिठवा चैनपुर क्षेत्रमा १५ सय विघामा लगाइएको अधिकांश बोटहरु हावाहुरीले लडाएकाले ठूलो क्षती भएको हुनसक्ने चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो ।

पुर्वी चितवनको पदमपुर, जुटपानी, पिठवा चैनपुर क्षेत्रमा १५ सय विघामा केरा खेती रहेको भन्दै उहाँले आइतबार साँझ आएको हावाहुरीले धेरै नै बोटहरु लडाएको रनलडेका बोटको पात र फल असिनाले चुटेर पुरै नोक्सान भएको बताउनु भयो ।

किसानहरुले टिपाएको विवरण अनुसार १० करोड रुपैयाँ बढीको क्षती भएको हुनसक्ने पन्तले बताउनुभयो ।    त्यसैका आधारमा नोक्सान धेरै नै भएको सहजै अनुमान लगाउन सकिन्छ । आएका विवरण अनुसार पनि १० करोड रुपैयाँका हाराहारीमा क्षति भएको छ ।’    यसअघि गत साता मात्रै जुटपानीमा एक समुहले केराका ३१ सय बोट काटेर सखाप पारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी