दमक गोल्डकप:  थ्रीस्टारमाथि पुलिसको जित

दमक गोल्डकप:  थ्रीस्टारमाथि पुलिसको जित

  • आइतवार, बैशाख २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

 

दमक, २३ वैशाख ।

दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएकोे खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

थ्रीस्टार क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले थ्रीस्टारलाई १–० गोलले हराएको हो ।

पुलिसका लागि अभिशेक रिजालले गोल गरेका थिए । पुलिसका गोलकिपर किरण चेम्जोङ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले रु ११ हजार प्राप्त गरे ।

गोल्डकपको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु ६ लाख पुरस्कार प्राप्त गर्ने छ । सोमबार सरस्वती क्लब र मनाङ मस्र्याङ्दीबीच खेल हुने प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिनुभयो । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ