सबै विश्वविद्यालयको कुलपति प्रम हुने प्रणाली अन्त्य हुने

सबै विश्वविद्यालयको कुलपति प्रम हुने प्रणाली अन्त्य हुने

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

बुटवल, १६ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागिएको जानकारी दिनुभयो ।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै भन्नुभयो, “बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षसम्म रहेको छ, हामीले पनि देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउने थलोका रुपमा विकास गर्न सरकारले सघाउने बताउनुभयो ।

कार्यक्रममा दीक्षान्त मन्तव्य दिँदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकाका उपकुलपति प्रा डा गल्ल्येसुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री तथा सहकुलपति गिरीराजमणि पोखरेलले लुम्बिनी बिश्वविद्यालय फरक भाषामा अध्यापन गराउने विश्वविद्यालय भएकाले यसलाई बृहत्तर बनाइनुपर्ने बताउनुभयो । त्यस अवसरमा विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, रजिष्ट्रार तिलकराम आचार्य, डीन माणिकरत्न शाक्यलगायतले बोल्नुभएको थियो । विश्वविद्यालयबाट विद्यावारिधि र स्नातकोत्तर तहमा गरी १०७ विद्यार्थी दीक्षित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी