छ स्रष्टालाई सङ्गीतनाट्य पुरस्कार

छ स्रष्टालाई सङ्गीतनाट्य पुरस्कार

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, ११ वैशाख । नेपाल संगीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानले यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ छ जनालाई दिइने घोषणा गरेको छ ।

यस वर्षको नाट्य विधातर्फको पुरस्कार नाटक तथा रङ्गक्षेत्रमा लामो समयदेखि योगदान पु¥याएवापत वरिष्ठ नाट्यविद् रामावतार यादव, संगीततर्फको पुरस्कार वरिष्ठ गीतकार किरण खरेल, नृत्यतर्फको पुरस्कार वरिष्ठ नृत्यांगना सुभद्रा अधिकारी र गायनतर्फ वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीलाई दिइनेछ ।

यसैगरी शास्त्रीय तथा परम्परागत संगीत विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवं गायक पुष्परत्न तुलाधर र रङ्गमञ्च विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिनेछ ।

यसअघि प्रतिष्ठानले प्रज्ञा पुरस्कार चार विधामा प्रदान गर्दै आएको थियो । यस वर्षदेखि दुई विधा थप गरेर छ विधामा वितरण गर्न लागिएको सदस्य सचिव गणेश रसिकले जानकारी दिनुभयो । संगीत, नाट्य, नृत्य, लोकसंगीत, नाट्य, परम्परागत तथा शास्त्रीय संगीत र रंङ्मञ्च विधामा प्रदान गरिने ती पुरस्कारको राशि जनही रु एक लाख एक र साथमा ताम्रपत्र रहनेछ । पुरस्कार प्रतिष्ठानको आठौंँ वार्षिकोत्सवका अवसरमा दिइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी